के सर्वेन्द्र खनालले अझै चलाउँदैछन् प्रहरी संगठन ?

१३ वैशाख, काठमाडौं । सांसद सुरेन्द्र यादवलाई तराईबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउँदा उनी अपहरण परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन ।

प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरु सफल भए ।

लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा बाटोमा एक ठाउँ पनि प्रहरीले चेकिङ नगरेको सांसद यादवले मिडियालाई बताएका छन् ।

‘जहाँ जाँदा पनि पुलिस थिए । सिन्धुलीमा जहाँ गाडी रोकिएको थियो, त्यहाँ पुलिस चौकी नै थियो । जहाँ काभ्रेमा खाना खान रोकियो, एउटा एन्स्पेक्टर थियो । सबै पुलिसहरुले नै एरेञ्ज गरेको ।’ सांसद यादवले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘बाटोमा कहीँ पनि चेकिङ भएन, कहीँ पनि रोकिएन । जिल्लामा जब म गाडी चढें, एसपीको पूरा टीम थियो ।’

सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वआइजीपी हुन् । यही आधारलाई प्रयोग गर्दै सिंगो प्रहरी संगठनको दुरुपयोग गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको सांसद यादवको भनाइबाट स्पष्ट हुन्छ ।

जिल्लाका विभिन्न तहमा खटिएका प्रहरीले पूर्वआइजीपीलाई देखेपछि नतमस्तक हुनु र उनलाई सलाम गर्नु स्वाभाविकै भएको संगठनका अधिकारीहरु बताउँछन् । यही शक्तिको दुरुपयोग गर्दै सर्बेन्द्र खनाल र सांसद महेश बस्नेतले यादवलाई सकुशल काठमाडौंसम्म ल्याएका हुन् ।

बाटोमा उनीहरुले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यादवजी हामीसँगै हुनुहुन्छ भनेर रिपोटिङ गरेको सांसद यादवले बताएका छन् ।

नेकपा सांसद किसान श्रेष्ठले अब सर्वेन्द्र खनाल अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, यसबाट तपाईलाई सजिलो हुन्छ भनेर ‘ड्यासिङ’ दिएको यादवको भनाइ छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…