ओमानमा सबै नेपाली सुरक्षित, समस्या परे सम्पर्कमा आउन राजदूत शर्मिलाको ढकाल आग्रह

यूएई – ओमानमा कार्यरत सबै नेपाली सुरक्षित रहेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म ओमानमा कार्यरत नेपालीलाई कोरोना सङ्क्रमण नभएको र सबै सुरक्षित रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले जानकारी दिनुभयो ।

ओमानमा झण्डै १७ हजार नेपाली कार्यरत रहेकोमा कसैलाई पनि कोरोनाकै कारण समस्या नपरेको पनि उहाँले बताउनुभयो ।

कतिपय घर जाने बिदा पाएर नेपाल जान नपाएको, बिदामा गएका कम्पनीले बोलाँउदा पनि आउन नपाउँदा समस्या भए पनि अन्य समस्या नभएकाले लकडाउन खुलेलगत्तै समस्या समाधान हुने राजदूत ढकालले बताउनुभयो ।

‘कोरोनाको प्रभाव संसारभर हुँदा ओमानमा नहुने भन्ने कुरा होइन, तर हामी नेपाली समुदाय तथा यहाँको स्थानीय निकायसँग समन्वय गरेर काम गरिरहेका छौं, अहिलेसम्म कोही पनि नेपाली समस्यामा पर्नु भएको छैन,’ राजदूत ढकालले उज्यालोसँग भन्नुभयो ।

ओमान सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि मे ८ सम्म लकडाउन लम्ब्याएको छ । ओमानको राजधानी आसपासका केही क्षेत्रमा काम बन्द भए पनि अरु क्षेत्रका काममा खासै समस्या नआएको दूतावासले जनाएको छ ।

चलिरहेका काममा पनि समय तालिका मिलाएर तथा कामदार संख्यामा तलमाथि गरेर काम सञ्चालन गरिएको छ ।

विशेष गरी कम्पनी र सुपर मार्केटहरू चलिरहेका छन् । सरसफाइ सम्बन्धी काम गर्ने कम्पनी, रेष्टुरेन्ट क्षेत्रमा काम गर्नेहरूको काम रोकिएको छ । त्यसरी काम रोकिएकाहरुलाई खान र बस्न कम्पनीले व्यवस्था गरिरहेका छन् । त्यसरी काम नभएकामध्ये कसैलाई खानाको समस्या भए त्यहाँ रहेको नेपाली संघसँस्थाले सहयोग गरिरहेका छन ।

ओमानमा कोही नेपालीलाई कुनै समस्या परे दूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न र सम्पर्कमा आउन राजदूत ढकालले आग्रह गर्नुभएको छ । दूतावासको समन्वयमा त्यहाँ सोसल क्लबको नाममा दर्ता भएका हरेक देशका संघसँस्थाले आफ्नो समुदायलाई हेरिरहेका छन ।

नेपाली समुदायको हकमा एनआरएनए ओमान लागयत अन्य संघसँस्थाले राहत प्रदान गर्दै आएको एनआरएनए ओमानका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

ओमान सरकारले सम्बन्धित समुदायलाई लक्षित गरी नेपालीसहित अन्य देशको भाषामा अनुवाद गरेर सूचना सन्देश प्रवाह गरिरहेको छ । त्यहाँका रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल, मोबाइल म्यासेज, तथा ह्वाट्सअप जस्ता ह्यान्डलमार्फत सूचना प्रवाह गरिरहेको दूतावासले जानकारी दिएको छ । उज्यालो अनलाइनबाट 

भर्खरै प्रकाशित

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…

मुकेश अम्बानीको आम्दानी : हरेक मिनेट १.७६ करोड, कुल सम्पत्ति…

एक मिनेटको समय निकै कम हुन्छ । तर ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि…

सानिमा लाइफ इन्सुरेन्स कम्पनीको आईपीओ खुल्यो ,कति कित्ता आवदेन दिने…

सानिमा लाइफ इन्स्योरेन्सले भोलि साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको…