यूएईमा कोरोना : नेपाली भन्छन्,अब दूतावासकै गेटमा सुत्छौं

यूएई – कोरोनाको जोखिम बढेसँगै अहिले परदेशमा रहेका धेरै नेपालीका समस्या थपिएका छन् । कसैको भिसा सकिएको छ त कतिपय टिकट काटेर पनि घर फर्कन नपाउँदा परदेशमै समस्यामा परेका छन् । अझ म्यानपावरको झुट र कम्पनीको बदमासीले समस्यामा परेकालाई त झनै मार परेको छ । एकतिर कोरोनाको डर, अर्कातिर खान बस्नकै समस्या । ओशो म्यानपावरमार्फत यूएई पुगेका इलामका रमेश बुढाथोकी पनि यस्तै भुमरीमा पर्नुभएको छ ।

रमेशको भोगाई उहाँकै शब्दमा
मेरो नाम रमेश बुढाथोकी हो । घर इलाम । अहिले यूएईको सारजहामा छु । वैदेशिक रोजगारीको क्रममा १६ वर्ष कतारमा बिताएर नेपालमै केही गर्छु भनेर व्यवसाय पनि थालेको मान्छे हुँ ।

तर नयाँ ठाउँ, नयाँ परिवेशमा म सफल हुन सकिनँ । उल्टो घाटा भयो । त्यही घाटाको परिपूर्ति गर्ने एउटा मात्र विकल्प भनेको वैदेशिक रोजगारी मात्र थियो । स्नातकसम्म पढेको छु ।

केही गर्न पनि खोजेको हुँ आफ्नै ठाउँमा । तर नेताको आफन्त या कार्यकर्ता परिएन । एक्लै लड्न सकिएन, व्यवसायमा घाटा लाग्यो । काठमाण्डौ गएँ । म्यानपावरमा कुरा गरें । ओशो म्यानपावरले सारजहाको ट्याक्सी कम्पनी इमिरेट्स क्याबमा पठाइदियो । मसहित अरु झण्डै ६० जना आयौं, तर यहाँ पनि नेपालमा म्यानपावरले भनेजस्तो केही पनि भएन ।

नेपाल जाने भनेर केस गरियो । केस चल्दै गयो । आफ्नै रुम, आफ्नै खाना, कमाइ छैन । काम छोडेर केस गरेर बसेका हामी दिनानुदिन समस्यामा फस्दै गयौं । यहाँ दुःखमा फसेको पनि ७ महिना भयो । तर समस्या झन् झन् जटिल बन्दै गएको छ ।

दूतावास पनि गयौं पटक पटक । दूतावासको पहलले भिसा क्यान्सिल हुन सुरु भयो । हाम्रा १५ जना साथीको क्यान्सिल भयो । उहाँहरु नेपाल जानुभयो । दुर्भाग्य हाम्रो क्यान्सिल सँगसँगै नेपालको विमानस्थल पनि बन्द भयो ।

हामी ४० जना कोरोनाको चपेटामा परियो । एउटै रुममा खान बस्न, निकै समस्या छ ।

कहिले फलैँचा, कहिले पार्कमा सुत्दै रात काटियो । केही समयपछि एनआरएनएको सहयोगले बेडस्पेसमा बस्न थालियो । उहाँहरुले नै खानाको प्रबन्ध गरिदिनुभएको छ । तर यहाँ रमदान सुरु भयो । हामी बस्ने रुम भारतीय र पाकिस्तानीहरुको सँगै पर्छ । १२ जनाको दरले अब यहाँ कोठाबाट पनि निकाल्दैछ ।

अब सरकारले कस्तालाई उद्धार गर्ने हो ? के मन्त्री नेताको आफन्तको लागि मात्र जहाज आउने हो कि हामी पनि नेपाली नै हो ? पर्सिदेखि हामी नेपाली दूतावासमा झोला लिएरै जाँदैछौं । बस्न दिन्छन् कि दिँदैनन् थाहा छैन । नदिए गेटमै सुत्नेछौं । हामी मृत्युको मुखमा छौं । हामीलाई बचाउ सरकार ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…