स्पेनकी १०६ वर्षीया आना देल, जसले स्पेनिस फ्लू र कोरोना भाइरसको महामारी दुवै जितिन

रोम : कोरोना भाइरसको महामारीबाट संसारभर मृत्यु हुनेको संख्या झण्डै २ लाख पुगेको छ ।

डढेलो झैँ फैलिएको कोरोना भाइरसबाट २७ लाख ५० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । यो घातक भाइरसबाट ७ लाख ७० हजार भन्दा धेरैले उन्मुक्ति पाए । तिनै भाग्यमानीमध्ये एक हुन् स्पेनकी महिला आना देल भल्ले ।

आनाको जीवनमा एक रोचक संयोग मिलेको छ । १०६ वर्षीया यी महिलाले कोरोना मात्रै हैन यससँग मिल्दोजुल्दो स्पेनिस फ्लूलाई पनि जितेकी थिइन् । स्पेनको अंग्रेजी पत्रिका ‘द ओलिभ प्रेस’ले यसबारे समाचार तयार पारेको छ ।

१९१८ मा स्पेनिस फ्लूको महामारी फैलिरहँदा आना ५ वर्षीया बालिका थिइन् । उनलाई पनि स्पेनिस फ्लूको संक्रमणले समायो । तर केही समयपछि निको पनि भयो । १९१८ को जनवरीमा सुरु भएको स्पेनिस फ्लूको संक्रमण ३६ महिनापछि, अर्थात् १९२० डिसेम्बरमा मात्रै अन्त्य भएको थियो ।

हालको कोरोना महामारी भन्दा पनि धेरै स्पेनिस फ्लूबाट ५ करोड मानिस संक्रमित भएका थिए । जुन संख्या तत्कालिन विश्वको एक तिहाइ जनसंख्या थियो । हाल १०२ वर्षपछि उनै आनालाई कोरोनाभाइरसको संक्रमण लाग्यो । तर संयोगवश उनले यो महामारीलाई पनि जितिन् ।

मिडिया रिपोर्टका अनुसार आना अल्काला देल भल्लेमा रहँदैआएकी छन् । जहाँ उनीसहित ६१ जना बासिन्दा कोरोना संक्रमित भएका थिए । संक्रमित भएपछि आनालाई ला लिनियास्थित अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनी उपचारपछि घर फर्किसकेकी छन् ।

आना १९१३ को अक्टोबरमा जन्मिएकी थिइन् । अबको ६ महिना भन्दा पनि छोटो समयपछि उनी १०७ वर्ष पुग्नेछिन् । यससँगै स्पेनमा कोरोना भाइरसलाई जित्ने सबैभन्दा जेष्ठ नागरिक आना नै हुन् । र कोरोना भाइरसबाट मुक्ति पाउने संसारभर सबैभन्दा बढी उमेरका मध्ये उनी एक हुन् ।

उनी वाहेक १०७ वर्षीय डच नागरिक कर्नेलिया रासले पनि कोरोनाभाइरसलाई जितेकी छन् । यस्तै १०१ वर्षका दुई महिलाको पनि कोरोना भाइरसबाट उपचार सम्भव भएको छ । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै २ लाख १९ हजार भन्दा धेरै संक्रमित छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…