भारतीय क्वरेन्टीनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन सुरु गर्यो

बाँके – कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वरेन्टीनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन सुरु गरेको छ ।

सरकारले प्रदेश नं ५ का नेपाल-भारत सीमा क्षेत्र बाँकेको जमुनाह दशगजा र रुपन्देहीको सीमा बेलहियाको भारत, नौतनहवा क्वरेन्टीनमा बसेका २८२ नेपालीलाई आज घर फर्काएको छ ।

नौतनहवाको क्वरेन्टीनमा बसेका ३४६ नेपालीमध्ये शुक्रबार १०१ नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, अर्घाखाँची, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलगायतले दशगजामा स्वागत गरेका थिए ।

नौतनवाका तीन क्वरेन्टीनमा नेपालीलाई २५ दिनदेखि राखिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार आज र शनिबार गरेर २९८ जनाले नेपाल प्रवेशको अनुमति पाएका छन् ।

उनीहरु पहिलो चरणमा क्वरेन्टीन बसेका हुन् । अन्यलाई केही दिनमै फर्काइनेसमेत प्रजिअ पन्थले बताउनुभयो । नेपाल आएकामध्ये ३४ जना मालारानी गाउँपालिकाका छन् ।

उनीहरुलाई लिन आफैँ सीमामा आउनुभएका गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएका क्वरेन्टीनमा अझै १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सीमामा आफूहरुलाई लिन आएको देखेर खुशी हुनुभएक मालारानीका बुद्धबहादुर केसीले भन्नुभयो, ‘जीवनमा पहिलोपटक सरकार प्रमुख नै लिन आउनुभएको छ । सरकारले हामी जस्ता मजदूरका लागि गरेको सहयोग कहिल्यै बिर्सँदैनौंँ ।’

गुल्मी धुर्कोट नयाँगाउँका अनिल खत्रीले पनि भारतीय क्वरेन्टीनको बसाइ राम्रै रहेको बताउँदै नेपाल सरकारले जनताप्रति देखाएको चिन्ताले राज्यप्रति गौरव सिर्जना भएको प्रतिक्रिया दिनुभयो ।

नेपाल प्रवेश गरेकामा अर्घाखाँचीका ४२, गुल्मीका ३०, तनहुँका सात, पाल्पा र रुपन्देहीका पाँचपाँच, बागलुंङका चार, कपिलवस्तु र धादिङका दुई-दुई तथा स्याङ्जा, जाजरकोट, खोटाङ र मोरङका एक-एक जना छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…