भारतले एफडिआइ नियममा कडाइ गरेपछि चीनद्वारा मेडिकल सप्लाइ रोकिदिने धम्की

काठमाडौं। भारतले प्रत्यक्ष विदेशी लगानी (एफडिआइ) नियममा कडाइ गरेसँग चीन भारतसँग रुष्ट भएको छ । भारतमा कोरोनाभाइरसको प्रकोप बढेसँगै यहाँ चीनको प्रभाव बढ्ने आशंकाले भारतले यो नियममा कडाइ गरेको हो ।

चीनले कमजोर भारतीय कम्पनीहरुलाई अधिग्रहण गरिदिन सक्ने आशंकाले भारतले यो नियममा कडाइ गरेको थियो ताकि चीनले ती कम्पनी अधिग्रहण गर्न नसकोस् ।

भारतले एफडिआइ नियममा कडाइ गर्ने तयारी थालेसँगै चीनले आपत्ति जनाएको थियो । तर, भारतले चीनको आपत्तिलाई बेवास्ता गर्दै आफ्नो कानुन संशोधन गर्यो । यसबाट अहिले चीन रुष्ट छ । चीनले भारतको नियम कडा गर्ने निर्णयलाई विश्व व्यापार संगठनको सिद्धान्त विपरित भनेको थियो ।

भारतको नयाँ नियमअनुसा अब भारतीय सीमासँग जोडिएका कुनै पनि देशका नागरिक वा कम्पनीले भारतमा लगानी गर्नुभन्दा पहिले भारत सरकारको अनुमति लिनुपर्नेछ ।

अहिलेसम्म भारतमा लगानी गर्नको लागि पाकिस्तानी र बंगलादेशी नागरिक वा कम्पनीले मात्र अनुमति लिनुपर्ने नियम थियो । तर, अब नयाँ नियमपछि चीन, नेपाल लगायतका अन्य देशले पनि अनुमति लिनुपर्ने भएको छ । यो नयाँ कानुन लागू भएसँग नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ताले भारतले आफ्नो यो विभेदकारी नियम संशोधन गर्ने अपेक्षा रहेको बताएका थिए । उनले भनेका थिए ‘आशा छ भारतले सबै देशका लागि लगानीको एउटै नियम बनाउनेछ ।’

यही बीचमा चीन सरकारको मुखपत्र मानिने अखबार ग्लोबल टाइम्सले लेखेको छ ‘चीन आफ्नो र पूरै विश्वको लागि मेडिकल सप्लाइ गर्न सक्षम छ । तर, भारत सरकारले यो तथ्यलाई बेवास्ता गरेको छ र विदेशी लगानीका नियम कडा बनाउनको लागि कोरोनाभाइरसलाई कारण देखायो ।

भारत मेडिकल सप्लाइको लागि धेरै हदसम्म चीनमा निर्भर छ । भारतीय कम्पनीको कथित अवरवादी अधिग्रहण रोक्ने कोसिसले संकटको समयमा मेडिकल सप्लाइ पाउन उसैको लागि मुस्किल खडा गर्नेछ ।’ भारतले आफ्नो औषधीको कच्चा पदार्थको अधिकतम हिस्सा चीनबाट आयात गर्छ । भारतीय कम्पनीले चीनबाट कच्चा पदार्थ आपूर्तिमा समस्या भए भारतको लागि ठूलो संकट आउने चिन्ता व्यक्त गरिसकेका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…