बिरोलो ठानेर चरीबाघको डमरुलाई बालबालिकाले घरमा ल्याएपछि…

वालिङ : वालिङ नगरपालिका–१ रामबाच्छाका बालबालिकाले बिरालो ठानेर घरमा ल्याएको जनावर । चरीबाघ डमरु रहेको पुष्टी भएको छ। स्थानीय बालबालिकाहरु खेल्ने क्रममा देखेपछि बिरालोको बच्चा भन्दै खेलाउँदै घर ल्याएका थिए।

परिवारले पनि बिरालो भन्दै घरमा पाल्ने निर्णय गरे। तर, परिवारलाई बिरालाको जस्तो स्वाभाव लागेन । बिरालाले जस्तो म्याउ शब्द ननिकाली बाघले झैं घुर्न थालेपछि परिवारले प्रदेशसभा सदस्य मोहन रेग्मीलाई खबर गरे। सांसद रेग्मीले डिभिजन वन कार्यालय स्याङजाका प्रमुख कोमलराज काफ्लेलाई खबर गरी डमरु लिएर कार्यालयमै पुगे ।

‘झट्ट हेर्दा बिरालो जस्तो पनि होइन, बाघ पनि होइन जस्तो लाग्यो।’ प्रमुख काफ्लेले भने– ‘धेरै पटक उसका विभिन्न अंग हेर्दै अनुसन्धान गरेंपछि मात्र डमरु नै लाग्यो।’राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चरीबाघ संरक्षित वन्यजन्तुमा पर्दछ भने अन्र्तराष्ट्रिय कानून साइटिस अनुसार चरी बाघलाई लोपोन्मुख प्रजातीमा राखिएको काफले जानकारी दिए। करिब ४÷५ महिने डमरु आमा खोज्दै बाहिर आएको हुनसक्ने अनुमान उनको छ ।

अहिले सो डमरु डिभिजन कार्यालय स्याङजामा राखिएको छ । डमरुले दुध, भात र कुखुराको मासु खाने गरेको छ । कार्यालयले केही दिन पालेर ठूलो बनाएर जंगलमै छाड्ने वा कास्की स्थित पचभैयामा रहेको जनावर उद्धार केन्द्रमा पठाउने भन्ने बारेमा छलफल भइरहेको डिभिजन प्रमुख काफलेले जानकारी दिए । यसबारे भने लकडाउन खुलेपछि निर्णय गरिने भएको उनले बताए

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…