कोरोना भाइरसको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी रहेको चीनको दावी

१२ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ ।

साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले भनेका छन्, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।

उनले भनेका छन्, ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा हामीलाई पूरा विश्वास छ ।’

डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गरायौं । त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौं । त्यसलाई अर्को बाँदरमा प्रयोग गर्‍यौं,’ मेंगले भने, ‘यो तरिकाबाट बनाइएको खोप महँगो हुँदैन ।’

माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् ।

यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’

तर, साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ ।

त्यसपछि सो खोपको परीक्षण गरिएको हो । चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।

साइनो भ्याकले बनाएको खोपको परीक्षण रिपोर्ट १९ अप्रिलमा एक वेबसाइटमा प्रकाशित भएको छ ।

अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

भूलबस प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरुले दुई सय ३७ बिरामीमा रेमडेसिभिर औषधिको परीक्षण गरेका थिए । जसमध्ये एक सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको थियो ।

अध्ययन शुरु गरेको एक महिनामा १३ दशमलव ९ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको थियो । साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो ।

यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको थियो । अहिलेसम्म प्रमाणित नभएको उपचारको रुपमा पनि यसको प्रयोग गरिँदै आएको थियो । कम्पनीले अहिले पनि यस्तो धेरै परीक्षणहरु गरिरहेको छ । कम्पनीले चार सय बिरामीमा गरेको परीक्षणको नतिजा एक साताभित्र आउने बताएको छ ।

रेमडेसिभिर औषधिको परीक्षण यसअघि इबोला नियन्त्रणको लागि पनि गरिएको थियो । त्यतिबेला पनि यो औषधि सफल हुन सकेको थिएन । यो औषधि केही भाइरस नष्ट गर्नकै लागि निर्माण गरिएको थियो । त्यसैले यसले कोभिड–१९ विरुद्ध काम गर्ने अपेक्षा गरिएको थियो ।

गिलिडले भने डब्ल्यूएचओबाट चुहिएको प्रतिवेदनले अध्ययनलाई गलत ढंगले व्याख्या गरेको आरोप लगाएको छ । कम्पनीका अनुसार यो औषधिको केही बिरामीमा सकारात्मक असर पनि देखिएको दाबी गरेको छ । स्रोत : बीबीसी

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…