सर्वेन्द्र खनालको बयान : सांसद यादव बालुवाटार जाने भनेरै आएका हुन्

काठमाडौँ — समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणमा परेको भन्दै बुधबार सोही पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटस लेखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै योजना अनुरुप राज्यमन्त्री यादवको अपरहण गरिएको आरोप लगाए ।

बुधबार जनकपुरबाट ल्याइएका यादवलाई लिन काठमाडौंबाट नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल काठमाडौंबाट गएका थिए । उनीहरुले साथमा लिएर नभइ अपहरण गरेर नै ल्याएको भन्ने सूचना बाहिरियो।

कान्तिपुरसँगको कुराकानीमा पूर्व आईजीपी खनालले आफू जनकपुर गएको स्वीकारे। उनले बुधबारयताको घटनाक्रम यसरी बताए:

मंगलबार घर फर्किन नपाएर अलपत्र परेका मान्छेलाई कसरी उद्धार गर्ने भनेर म भक्तपुरमा सांसद महेश बस्नेत र किसान श्रेष्ठसँग गफ गरिरहेको थिएँ। अलपत्र परेकालाई नि:शुल्क खाना खुवाउने कुरा पनि भइरहेको थियो।

त्यहीबेला जनकपुर जाने र सांसद सुरेन्द्र यादवसँग कुरा गर्ने भन्ने कुरा आयो। म जनकपुरमा एसपी भएर रहँदा नै मेरो चिनजान सांसद उमाशंकर अरगरियासँग थियो। उनको सांसद महेशजीसँग पनि कुराकानी भइरहेको रहेछ। त्यही बेला मसँग पनि कुरा भयो। उहाँले नै मसँग सुरेन्द्रलाई काठमाडौं ल्याउनुपर्ने, लकडाउन भयो भन्ने कुरा गर्नुभयो। अरगरियाले भनेपछि मैले पनि सासंद सुरेन्द्रसँग कुरा गरें। उनले आफू लकडाउनमा परेको र काठमाडौं आउनुपर्ने भएको कुरा सुनाए। उनी र महेशबीच पनि कुरा भयो।

महेशहरुले सांसद सुरेन्द्रसँग भएको कुराबारे बालुवाटारमा पनि जानकारी गराए। ‘ऊ आउने खालको छ भने एप्रोच गर्दा हुन्छ’ भन्ने खालको कुरा आयो। यो बिषयमा कसले डिल गरिरहेको छ भन्ने थाहा भएन। तर मसँग कुरा गर्दा भने सुरेन्द्रले राम्रै कुरा गरे।

महेश र किसानले पनि जनकपुर जाने र कुरा गर्ने भनेपछि हामी मंगलबार त्यस्तै ४ बजेतिर हिँड्यौं। जाम पनि खोलखाल गरेर हामी बीपी हाइवे हुँंदै बर्दिवास पुग्दा रात परिसकेको थियो। हामी त्यहींको गौतम होटलमा बस्यौं। म खासमा त्यता जाने भन्ने नै थिएन। बाहिर जाँदा चाहिने कपडा पनि मैले बोकेको थिइनँ। लगाएकै कपडामा रात काटें।

हिजो (बुधबार) बिहान करिब नौ बजेतिर हामी यादवको घर पुग्यौं। त्यहाँ के-के राजनीतिक गफ पनि भयो। हामीले खाजा खायौं। मज्जाले भात पनि खायौं। अनि तीन बजेतिर हामी फर्कियौं। हामी आफ्नै गाडीमा थियौं। जाने विषयमा उनले कुरा गरे। राजनीतिक तहमा पनि कुरा भयो। उनको ईच्छा भने यता उपेन्द्र यादवसँग पनि कुरा मिलेन त्यही भएर भन्ने खालको थियो। उनको कुरा दोधारेखालको देखिन्थ्यो। पछि आश्वासन मिलेपछि उनी तयार भए क्यार। भित्रको गोप्य कुरा भने मलाई थाहा भएन।

त्यहाँका अर्का डाक्टर सूर्यनारायणसँग पनि उनले कुरा गरे। अरगरियासँग पनि उनले बारम्बार कुरा गरे। सुरेन्द्रका भिनाजु पनि त्यहीं थिए। बालुवाटार छिर्ने भन्ने कुरामा सहमत भए।

करिब ४ बजेतिर सुरेन्द्र, कौशल भन्ने प्रदेश सांसद, पिएसओ, भिनाजु गरेर दुईवटा गाडीमा उनीहरु हिँडे। हामी अर्को गाडीमा भयौं। राति धुलीखेलमा आएर खाना खायौं। काभ्रेतिर पुग्दा नै यता जनता पार्टी र समाजवादी पार्टी मिलेको भन्ने कुरा सुनियो। सांसद अपहरण भयो भनेर सामाजिक संजालमा लेखियो भन्ने कुरा पनि मैले बाटोमै सुनेको थिएँ। सांसद यादव त्यो कुरा सुनेपछि निकै रिसाए। उनले त्यसबारे घरमा पनि कुरा गरेका थिए।

राति काठमाडौं छिर्दा साढे दुई हो कि तीन बजिसकेको थियो। महेश र किसानसहित उनीहरु मेरियट होटलमा छिरे। म बालुवाटार छिर्छु भनेर आएका सुरेन्द्रले पछि त्यस्तो गर्छन् भन्ने नै भएन नि ! उनी त आफै खुशीसाथ आएका थिए। उनीहरुको आफ्नो किसिमको कुरा थियो होला। उनले त प्रधानमन्त्रीसँग आज बिहान बालुवाटार आउँछु भनेर भनेका थिए। तर, राति नै दुई पार्टी एकीकरण भएपछि सायद उनले आफूलाई अनसेफ ठानेर बाबुरामकहाँ पुगेका होलान्।

म नागरिक हुं। यस्ता कुराले मलाई किन विवादमा तान्ने। मैले जबर्जस्ती गरेको पनि होइन। मलाई भेट्दा त सुरेन्द्र खुशी नै भएका थिए। यो कुरा विस्तारै आउँला नि त !

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…