कतार सरकारद्वारा नेपाली श्रमिकको बारेमा चिन्ता नलिन आग्रह

काठमाण्डाै – कतार सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको बारेमा चिन्ता नलिन आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन संवादमा त्यहाँका प्रधानमन्त्रीले कोरोनाको संक्रमणका कारण आफ्ना नागरिकसँगै नेपालीलाई पनि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

आफूले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ । यस्तै प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार भएका १७ नेपालीलाई कतारले रिहा गरेकोमा खुशी व्यक्त गर्दै कतार सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।

कोरोनाको कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा जोखिम बढेसँगै प्रधानमन्त्री ओलीले यूएई, बहराइन, कुवेत लगायतका सरकार प्रमुखसँग कुरागर्दै नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो राख्नुभएको छ । यी देशले नेपाली श्रमिकलाई पनि आफ्ना नागरिक सरहनै उपचार गर्ने बताएका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…