कतारमा कोरोनाका कारण समस्यामा परेका नेपालीको अनलाइनबाट तथ्याँक सङ्कलन हुने

काठमाण्डौ – कतारमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन हुने भएको छ ।

कोरोनाका कारण नेपालीलाई कुनै न कुनै हिसाबले समस्या परेको र त्यसको यथार्थ विवरण संकलन गरी समस्या समाधानमा सहजिकरण गर्न लागिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई परेको समस्यासहित आफ्नो विवरण अनलाइनमार्फत भर्न सकिन्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

फारममा स्पष्ट र यथार्थ विवरण उपलब्ध भर्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । विवरणहरु गोप्य रहने पनि दूतावासको भनाई छ ।

दूतावासका अनुसार, अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

कोरोना अपडेट 

कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ ।

क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् । करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

सङ्क्रमित सङ्ख्या : ७ हजार ७६४ ज‍ना ।

निको भएर घर फिरेकाहरु : ७ सय ५० जना ।

अस्पतालमा उपचाररत : ७ हजार ४ जना ।

मृतकको सँख्या : १० जना ।

कतारले सङ्क्रमितको राष्ट्रियता नछुट्टएकाले कति नेपाली सङ्क्रमित छन् या छैनन् दूतावासलाई जानकारी छैन् ।

दूतावासकाे सल्लाह:

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ । उज्यालो अनलाइन

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…