भारतीय क्‍वारेन्टाइनमा रहेका नेपाली आक्रोशित, मुलुक प्रवेश पाउनुपर्ने भन्दै नाराबाजी

भैरहवा — रूपन्देहीको सीमावर्ती भारतको नौतनवास्थित क्‍वारेन्टाइनमा राखिएका नेपाली लामो अवधिसम्म घर फर्किन नपाएपछि आक्रोशित भएका छन् । उनीहरूको अवस्था बुझ्न बुधबार सरकारी अधिकारी त्यहाँ पुगेका थिए । सरकारी प्रतिनिधिलाई देख्नासाथ क्‍वारेन्टाइनमा रहेकाहरूले नाराबाजी गरेका थिए । माहोल बिग्रिएको थाहा पाएपछि सरकारी अधिकारी क्‍वारेन्टाइनको गेटबाटै फर्किएका थिए ।

‘क्‍वारेन्टाइनमा रहेकाहरू नेपाल सरकारका प्रतिनिधि र नेताको मुख हेर्ने मनस्थितिमै छैनन्,’ अवस्था बुझ्न गएका जिल्ला प्रशासनका प्रशासकीय अधिकृत ध्रुव नेपालले भने, ‘घर जान नपाएकामा आक्रोशित र विक्षिप्त छन्।’ भारतका विभिन्न स्थानबाट बेलहिया नाकासम्म आएका उनीहरूलाई दुई साताका लागि भनेर भारतीय क्‍वारेन्टाइनमा राखिएको थियो। मुलुक प्रवेश पाउनुपर्ने भन्दै उनीहरूले दुई दिन नाकामा बसेर दबाब दिएका थिए।

नौतनवास्थित क्‍वारेन्टाइनमा अहिले ३ सय ३५ जना नेपाली नागरिक छन्, जसमध्ये महिला र बालबालिका पनि छन्। उनीहरू कोही पनि बिरामी भने छैनन्। क्‍वारेन्टाइनमा रहेका नेपालीको खाने, बस्ने व्यवस्थापन र अन्य सामग्री प्रदान गरेर सहयोग गर्दै आएको नौतनवास्थित जिल्ला गोरखा समाज कल्याण सेवा समिति महाराजगन्जले तत्कालै उनीहरूलाई घर जाने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गरेको छ। समितिले यसबारेमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, भारतस्थित नेपाली दूतावास, नेपाल–भारत मैत्री समाजलगायत निकायमा ज्ञापनपत्र बुझाएको छ।

‘उनीहरू सबै आ–आफ्नो घर जानका लागि अति बेचैन छन्,’ गोरखा समाज कल्याण सेवा समिति महाराजगन्जका अध्यक्ष तथा भारतीय गोरखा परिसंघका प्रदेश उपाध्यक्ष मनोजकुमार रानाले कान्तिपुरसँग भने, ‘उनीहरूलाई घर जाने अनुमति नेपाल सरकारले दिएमा भारतीय सुरक्षा निकाय र प्रशासन छाड्न तयार छ।’तीन सातादेखि सिमानामा अलपत्र आफ्ना नागरिकलाई के गर्ने भन्ने बारेमा भने अहिलेसम्म नेपाल र भारत सरकारले कुनै निर्णय गरेका छैनन्।

एक–अर्को देशको क्‍वारेन्टाइनमा राख्ने बारेमा दुवै देशको माथिल्लोस्तरको निर्णय भएकाले माथिल्लोस्तरकै निर्णय चाहिने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।

‘हामीले उनीहरूको अवस्थाका बारेमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘माथिबाट अनुमति पाउनासाथ तत्काल निर्णय गरेर उनीहरूलाई घर जाने वातावरण मिलाउनेछौं।’

सीमादेखि करिब डेढ किमिको दूरी डन्डापुल नजिकैको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा नेपालले बनाएको क्‍वारेन्टाइनमा रहेका १ सय ५४ जना भारतीय नागरिकको अवस्था पनि उस्तै छ। आफ्नो घरमा जान नपाएको भन्दै त्यहाँ रहेका भारतीय नागरिकले पनि केही दिनअघि खाना नखाएर हडतालमा उत्रिएका थिए।

रूपन्देही प्रशासनले सीमावर्ती भारत महाराजगन्ज जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारीलाई क्‍वारेन्टाइनमै बोलाएर आफ्ना नागरिकलाई भेट गराएर कुराकानी गराएको थियो। उनीहरूले सम्झाएपछि भारतीय नागरिकको आक्रोश मत्थर भएको रूपन्देहीका एसपी हेम थापाले बताए।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…