साउदीमा नेपाली श्रमिकलाई परेको समस्या सही र खुलस्त रुपमा टिपाउन दूतावासको अनुरोध

काठमाण्डौ – साउदीमा समस्या पर्ने नेपाली श्रमिकले आफ्नो यथार्थ विवरण र समस्या टिपाउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

श्रमिकले आफ्नो गुनासो टिपाउँदा यथार्थ विवरण टिपाउन हिच्किचाउने प्रवृत्तिले वास्तविक समस्या थाहा पाउन समस्या भएको भन्दै दूतावासले आफूलाई परेको समस्या सही र खुलस्त रुपमा टिपाउन अनुरोध गरको हो ।

आफ्नो समस्यासहित दूतावासमा गुनासो गर्ने धेरैको समस्या समाधान भएको दूतावासले उल्लेख गरेको छ । एक जनाले दूतावासमा फोन गर्दा आफ्नो र आफू कार्यरत कम्पनीमा कार्यरत साथीहरुलाई परेको समस्याको विवरणसमेत यकिन रुपमा टिपाउन सकिन्छ ।

दूतावासका अनुसार लामो समयदेखि दूतावासको सेल्टरमा समस्यामा परेका ८ जना महिला र एक जना पुरुष रहेका छन् । समस्यामा परेका उनीहरुलाई दूतावासले व्यवस्थापन गरेर राखेको छ ।

सेल्टरमा रहेको एक पुरुष ह्वीलचेयरमा बस्नुपर्ने अवस्था रहेको पनि दूतावासले उल्लेख गरेको छ । रोगव्याधीको समयमा सेल्टरमा सङ्क्रमणको जोखिम भएकोप्रति दूतावास संवेदनशील रहेको भन्दै साउदीमा समस्या पर्ने हरेक नेपालीको समस्या समाधानमा कुनै कसर बाँकी नराखेको दूतावासको भनाई छ ।

संकटको अवस्थामा जोखिमबाट बच्न सबै मिलेर अघि बढ्न पनि दूतावासले अनुरोध गरेको छ । आफू बसिरहेको आवास नछोड्न र सङ्क्रमणको जोखिमबाट बच्न पनि दूतावासले अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…