कतारमा कामदारलाई ६ घण्टा भन्दा बढी काम लगाउन नपाउने, स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने

कतारमा रोजगारदाता कम्पनीले कामदारलाई ६ घण्टा भन्दा बढी काममा लगाउन नपाउने भएका छन् । यस्तै कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने भएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले सचेतना र सरसफाइ बढाउने, भिडभाड घटाउने र कार्यस्थल सुरक्षा अपनाउने जस्ता विषयमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

अब रोजगारदाता कम्पनीले कामदारलाई सूचना र सचेतना जगाउने तथा सरकारले चालेका कदमहरुबारे जानकारी दिनुपर्नेछ ।

यस्तै व्यक्तिगत सरसफाइ जस्तै, हात धुने, खोकी र हाच्छ्यूँ गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निगरानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउनुपर्ने छ ।

सबै श्रमिकले त्यो देशको भाषा राम्रोसँग नबुझ्ने भएकाले कामदारले बुझ्ने भाषामा जानकारी दिन पनि मन्त्रालयले भनेको छ ।

अर्को सूचना नआएसम्म ६ घण्टा मात्र काम

यस्तै कतार सरकारले कामदारलाई दिनमा ६ घन्टाभन्दा बढी काममा नलगाउन कम्पनीहरुलाई भनेको छ । धेरै समयसम्म भिडभाड भए कोरोना स«क्रमणको जोखिम झन् बढ्ने भएकाले यस्तो गर्न निर्देशन दिएको हो ।

यस्तै कार्यस्थलमा कामदारहरु भित्रिने र बाहिरिने समय फरक फरक गर्न र साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड गर्न पाइने छैन ।

यस्तै अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्न र आन्तरिक गतिविधि तथा आवतजावत कम गर्न अनि सबै तालिम कार्यक्रम बन्द गर्न पनि कतार सरकारले निर्देशन दिएको छ ।

कार्यस्थल सुरक्षामा विषेश जोड

कम्पनीहरुले आफ्नो कार्यस्थल सुरक्षामा विशेष ध्यान दिएर कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याँकन गर्नुपर्ने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

यस्तै कम्पनीलाई त्यहाँ कार्यरत श्रमिकको मानसिक स्वास्थ्य जस्तै काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ताबारे विचार पुर्याउन पनि निर्देशन दिएको छ ।

काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने र ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कम्पनी भित्र मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु छन् भने उनीहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तै बसको क्षमता भन्दा धेरै कामदारहरु नराख्न र कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्न पनि सरकारले निर्देशन दिएको छ ।

नियम पालना नगरे कडा कारबाही

कतार सरकारले जारी गरेका यी नियम तथा निर्देशनहरु पलना नगरे कम्पनीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएकोे छ ।
सबै रोजगारदाता कम्पनीले निर्देशनहरु पालना गरेको वा नगरेकोबारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा कानुनबमोजिम दण्ड जरिबाना हुने मन्त्रालयले बताएको छ । उज्यालो अनलाइन

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…