भारतमा कोरोना संक्रमित १६ नेपालीमध्ये ७ जना निको भए, बाँकीको अवस्था सामान्य

नयाँदिल्ली — भारतमा कोभिड-१९ बाट संक्रमित सोह्र नेपालीमध्ये सात जना उपचारपछि निको भएका छन् । बाँकीको अवस्था पनि सामान्य रहेको छ ।

भारतमा संक्रमित नेपालीमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्र भारतको संक्रमण अत्यधिक फैलिएको राज्यमा पनि पर्छ । सोही राज्यअन्तर्गत मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । परिवारका बाँकी तीन सदस्यलाई भने संक्रमणले छोएको थिएन ।

सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो । संक्रमित नेपालीहरुमध्ये चारजना उपचारपछि डिस्चार्ज भइसकेको परिवारका एक सदस्यले कान्तिपुरलाई बताए । ‘मलगायत चार जना निको भएर डिस्चार्ज भइसकेका छौं भने बाँकी चारको अवस्था पनि सामान्य छ,’ परिवारका संक्रमितमध्येका एक सदस्यले भने । परिवारका अधिकांश सदस्यमा संक्रमण देखिँदा सुरुमा त सबैजना निराश भएका थिए । तर, उपचारपछि निको हुँदै गएपछि उनीहरुले राहत महसुस गरेका छन् । ‘सुरुमा त पुरै निराश भएका थियौं, तर, विस्तारै सबै निको हुँदै गएपछि भने हल्का भएको छ,’ ती सदस्यले भने । संक्रमितमध्ये एक जनालाई पीडब्लूडी अँधेरीको गेस्टहाउसको आइसोलेसनमा र बाँकी सात जनालाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको थियो ।

त्यसैगरी दक्षिण भारतीय राज्य बैंग्लोर बस्ने एक नेपाली दम्पती पनि उपचारपछि निको भइसकेका छन् । तर, केही दिनअघि मात्र संक्रमण देखिएका उनीहरुको दश वर्षीय छोराको भने उपचार चलिरहेको छ । हाल उनलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा राखिएको छ । उनको अवस्थामा पनि सामान्य रहेको छ । बझाङको चैनपुर स्थायी घर भएको यो परिवार पनि कामकै सिलसिलामा भारतमा बस्दै आएको थियो । सुरुमा ती बालकका ४५ वर्षीय बुबा र ३५ वर्षीया आमामा कोभिड–१९ देखिएको थियो । संक्रमित महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि आएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । पछि उनका श्रीमानमा पनि संक्रमण देखियो । उनीहरु दुवै जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यसका साथै भारतको विभिन्न स्थानमा भएका इस्लामिक भेलामा सहभागी आउन हरियाणाको अम्बालाका संक्रमित ६५ वर्षीय एक नेपाली पनि उपचारपछि ठीक भइसकेका छन् । दिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका आठ नेपालीमध्ये उनमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसैगरी उत्तरप्रदेशको बागपतको खेखडा पुगेका २८ जना नेपालीमध्ये चार जनामा पनि संक्रमण देखिएको छ । उनीहरु पनि त्यहीँकै इस्लामिक भेलामा सहभागी हुन नेपालबाट आएका थिए । संक्रमितहरुको उत्तर प्रदेशको मेरठस्थित स्थानीय अस्पतालमा उपचार चलिरहेको छ र अवस्था सामान्य छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…