दाङका २१ वटा मस्जिद तथा मदरासाहरूमा अनुगमन, लुकेका कतै भेट्टिएनन्

दाङ, बैशाख ९ । दाङका मस्जिद तथा मदरासाहरूमा अनुगम गरिएको छ । विदेशबाट मुस्लिम समुदायका मानिसहरू आएर लुकेको भन्ने आशंकामा जिल्लामा रहेका २१ वटा मस्जिद तथा मदरासाहरूमा अनुगमन गरिएको हो । केही समयमा अगाडी सिमावर्ती तराइका जिल्लाहरूमा विदेशबाट आएकोमा कोरोना संक्रमण भट्टिएपछि देशैभर रहेका मस्जिदहरूमा अनुगमन गर्न थालिएको थियो ।

दाङ जिल्लामा अनुगमनका क्रममा लुकेर बसेको अवस्था कतै नभेट्टिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत हिमाल विश्वकर्मा, रिपुमर्दन गण घोराहीका मेजर श्याम थापा, मानव अधिकार कर्मी तथा मुस्मिल संगठनका केन्द्रिय सचिवालय सदस्य एबम् दाङ जिल्ला इन्चार्ज साजीदा सिद्धिकी लगायतले अनुगमन गर्नुभएको थियो।

अनुगमन गर्दा मस्जिदमा अजन तथा नमाज पढ्ने कतै एक जना र कतै दुई जना बाहेक अन्य नभेट्टिएको जिल्ला प्रशासका शाखा अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । उहाँले नमाज पढ्नका लागि विदेशबाट दाङमा कोही नआएको समेत बताउनुभयो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध मुस्लिम समुदाय पनि सतर्क रहेको पाइएको विश्वकर्माले जिकिर गर्नुभयो । ‘यो रोगका विरुद्ध मुस्लिम समुदाय सतर्क रहेको पाइएको छ’, उहाँले भन्नुभयो ।

यस्तै मुस्लिम संगठनका केन्द्रिय सचिवालय सदस्य साजीदा सिद्धिकीले लुकेर रहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको भन्दै लुकेर रहेको नपाइएको जानकारी दिनुभयो । ‘लुकेर बसेको भन्ने गुनासो आएपछि हामीले दाङ जिल्लाका सबै मस्जिद तथा मदरासामा अनुगमन गर्यौ’, उहाँले भन्नुभयो ‘त्यस्तो पाइएन बरु उनीहरू सचेत रहेको पाइयो ।’ मदरासाहरू पनि शिक्षा मन्त्रालयको निर्देशन अनुसार बन्द रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २० वटा मस्जिद र २१ वटा मदरासा रहेका छन् । ति सबैको अनुगमन भएको छ ।

आइतबार र सोमबार दुई दिन सबैको अनुगमन गरिएको थियो । शान्तिनगरको अमुवामा रहेको १ वटा मस्जिद, तुलसीपुरमा ३ वटा, घोराहीमा २ वटा लमहीमा २ वटा, गढवामा ३ वटा, गंगापरस्पुरमा २ वटा, कालाकाँटीमा १ वटा, भालुवाङमा २ वटा, कोइलाबासमा ३ वटा, राजपुरमा १ र देविकोटमा १ वटाको अनुगमन गरिएको हो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…