कतारमा कोरोना : कामदारलाइ भाइरासबाट जोगाउन कतार सरकारले अपनायो यस्तो तरिका

दोहा। कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा विभिन्न निर्देशन जारी गरेको छ । मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति विभिन्न उपाय अपनाउन जारी गरेको निर्देशन यस्तो रहेको छ ।

जानकारी तथा सचेतना

रोजगारदाता कम्पनीले कोरोना भाइरससम्बन्धी आफ्ना कामदारहरुलाई सूचना बाँड्ने र सचेतना जगाउने र व्यवसाय र सरकारले चालेका कदमहरुबारे जानकारी दिने।

व्यक्तिगत सरसफाइ जस्तो कि हात धुने, खोकी र हाँच्छ्यु गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निग्रानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउने ।

कामदारहरुले बोल्ने भाषामा जानकारी दिने र प्रश्न र धारणा राख्न प्रोत्साहन गर्ने।

सरसफाइ

धेरै प्रयोगमा आउने स्थानहरु जस्तो कि भान्सा, शौचालय, क्यान्टिन, रेलिङ्गजस्ता स्थानहरुको सरसफाइ बढाउने ।

ढोकाको ह्यान्डिल, किबोर्ड, रिमोट कन्ट्रोल, टेबल जस्ता प्रयोग भइरहने सतहहरु प्रयोग गर्दा प्रत्येक पटक पुछेर प्रयोग गर्नका लागि कामदारहरुलाई वाइपहरु उपलब्ध गराउने।

भीडभाड घटाउने

अर्को सूचना नआएसम्म कार्यघन्टा ६ घन्टामा सीमित गर्ने ।

कार्यस्थलमा कामदारहरुको प्रवेश र बहिर्गमन फरक फरक समयमा मिलाउने ।

साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड हुन नदिइ एक पटकमा निश्चित संख्यामा कामदारुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।

कार्यस्थल र बस्ने ठाउँमा भीडमाड घटाउन प्रत्यक कामदारलाई ६ वर्ग किमि को ठाउँ उपलब्ध गराउने ।

अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्ने र आन्तरिक गतिविधि तथा आवतजावत पनि कम गर्ने ।

सबै तालिम कार्यक्रम बन्द गर्ने ।

कार्यस्थल सुरक्षा

  • कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याङ्कन गर्ने ।
  •  कोभिड १९ का केसहरु र उनीहरुसँगका सम्पर्क पहिचान गरी व्यवस्थापन गर्न जनस्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा योजना बनाउने ।
    मानसिक स्वास्थ्यमा विचार पुर्याउने (जस्तोकी काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ता)
  • निको भएर आएका कामदारहरुलाई मानसिक र सामाजिक सहयोग उपलब्ध गराउने ।
  •  काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने ।
  •  ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्ने ।
  • कम्पनीभित्र उपलब्ध क्लिनिकहरुमा कामदारहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने । मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु सङ्क्रमणको जोखिममा भएकाले उनीहरुलाई विशेष ध्यान दिने ।
  • बसको क्षमताको ५०५ सिटहरुभन्दा धेरै कामदारहरु नराख्ने ।
  • कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्ने।
  • कार्यस्थलमा कुनै प्रकारको भेला हुन नदिने र काम गर्दा कामदारहरुबीच दूरी कायम गर्ने ।
  • कार्यस्थलमा अरु सम्बन्धित सुरक्षा र स्वास्थ्य जोखिमबारे ध्यान दिने।

सबै रोजगारदाता कम्पनीले माथि उल्लेख भएबमोजिमका निर्देशनहरु पालना गरेको वा नगरेको बारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा लव ९ अफ २०२० र डेक्री लव १७ अफ १९९० अनुसार दण्ड जरीवाना हुने मन्त्रालयले जनाएको कतारस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।

कतारमा कोरोना संक्रमणबाट हालसम्म ६ हजार ५३३ जना संक्रमित भएका छन् भने ती मध्ये ६१४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म मृत्यु हुनेको संख्या ९ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको दूताबासले जनाएको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…