कोरोना संक्रमितको रिपोर्ट नै नेगेटिभ देखाएपछि राजस्थानले बन्द गरिदियो र्‍यापिड टेस्ट

भारतको राजस्थान प्रदेश सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट कोरोनाको एन्टिबडी परीक्षण गर्न बन्द गरिदिएको छ।

कोरोनाभाइरस संक्रमित बिरामीको परीक्षण गर्दासमेत र्‍यापिड किटले नतिजा नेगेटिभ देखिएपछि प्रदेश सरकारले उक्त किटबाट परीक्षण बन्द गरेको हो।

प्रदेश सरकारले मंगलबारदेखि र्‍यापिड किटबाट परीक्षण रोकिएको कुरा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई पनि जानकारी गराइसकेको द हिन्दुले जनाएको छ।

प्रदेशका स्वास्थ्यमन्त्री रघु शर्माले ९० प्रतिशत नतिजा सही देखाउँछ भनेर ल्याएका किटले जम्मा ५.४ प्रतिशत रिजल्टमात्र सही दिएकाले यसबाट परीक्षण गर्नुको कुनै फाइदा नभएको बताए।

सवाइमानसिंह अस्पतालका विज्ञहरूको एक टोलीले र्‍यापिड किटले जाँचेको नतिजा कति सही हुन्छ भनेर अध्ययन गरेको थियो। उक्त अध्ययनबाट ५.४ प्रतिशत नतिजामा मात्र मिलेको देखिएको थियो।

‘उक्त समितिको सल्लाहअनुसार हामीले र्‍यापिड किटबाट परीक्षण गर्न बन्द गरिदिएका छौं,’ मन्त्री शर्माले भने।

अध्ययनका क्रममा पहिला नै पिसिआर मेसिनले कोरोना संक्रमित पुष्टि गरिसकेकालाई पनि र्‍यापिड टेस्ट गरिएको थियो र नतिजा नेगेटिभ आएको थियो।

राजस्थानमा गत शुक्रबारदेखि र्‍यापिड टेस्ट थालिएको थियो।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…