आन्तरिक हवाई उडान खुलाउने गृहकार्यमा सरकार

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ ।

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताउनुभयो ।

भारतसँग खुला सिमानाका जोडिएकाले सङ्क्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुरु कहिले गर्ने भन्ने विषय निर्णय गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकी देशको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो ।’

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले गएको चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ गतेम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि त्यही समयसम्मका लागि बन्द गरिएका छन् ।

यो

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…