बंगलादेशमा लकडाउन तोडेर एक लाख बढी मानिस धर्मगुरुको अन्त्येष्टिमा सहभागी

बंगलादेशमा शनिबार एक मुस्लिम धर्मगुरुको अन्त्येष्टिमा जारी लकडाउनको अवज्ञा गर्दै एक लाख बढी मानिसहरू सहभागी भएको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।

यसले कोरोना भाइरसको जोखिम बढाउन सक्ने अनुमान गरिएको छ।

बंगलादेशी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यम सिएनएनले ती मानिसहरू ब्राह्मणबरिया जिल्लाको सोरैल उप-जिल्ला अन्तर्गत बेर्तोला गाउँको मदरासामा आयोजना गरिएको खिलाफत मजलिसको ‘नायब-ए अमीर’ मौलाना जुबअर अहमद अन्सारीको अन्त्येष्टी सहभागी भएका जनाएको छ।

सिनएनएनले आफ्नो समाचारमा बंगलादेशी प्रधानमन्त्रीका विशेष सहयोगी शाह अलि फरहाद र सो जिल्लाका प्रहरी प्रवक्ता इम्तियाज अहमदले यो संख्याको पुष्टि गरेको आफ्नो समाचारमा उल्लेख गरेको छ।

हाल निर्वासनमा रहेकी चर्चित बंगलादेशी लेखिका तसलिमा नसरिनले पनि ट्वीट गर्दै ५० हजार बढीको संख्यामा मानिसहरू सो अन्त्येष्टिमा सहभागी भएको जनाएकी छन्।

ती धर्मगुरुको शुक्रबार राती घरमा मृत्यु भएको थियो।

बंगलादेशले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पाँच जना भन्दा बढी मान्छे एकसाथ भेला हुन नपाउने नियम लागु गरेको भएपनि सो नियमलाई उल्लघंन गर्दै मानिसहरू सो अन्त्यष्टिमा सहभागी भएका हुन्।

सहभागीको संख्या धेरै भएपछि प्रहरीले उनीहरूलाई नरोकेको बताएको छ। कोरोनाको खतराबिच यतिधेरै मानिसहरु कसरी जम्मा भए भन्ने बारेमा अनुसन्धान गरिने बंगलादेशी अधिकारीहरूले जनाएका छन्।

बंगलादेशमा हालसम्म २ हजार ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१ जनाको ज्यान गइसकेको छ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…