न्यूयोर्कमा कोरोनाबाट ज्यान गुमाएका बिष्णुकुमारको शव बुझ्ने पनि कोही भएन

अमेरिका : कोरोना कहरले आक्रान्त न्यूयोर्कको नेपाली समुदाय त्यतिबेला अझबढी दुःखी भयो, जतिबेला बिष्णुकुमार राईको शव बुझ्ने मान्छे पनि थिएनन्। बिष्णुकुमारको निधन भएको खबर पनि दुई हप्तापछि मात्रै थाहाभयो, त्यो पनि पत्रकारले समाचारमा आएपछि।

रोगले च्यापिरहेका बेला आफन्त भेट्नु, देख्नु त परको कुरा अस्पतालसमेत देख्न नपाई न घरभित्रै नेपालीको मृत्यु भयो भन्ने खबर आएपछि न्यूयोर्कबासी नेपालीे निकै दु:दी भए।

यसरी चुपचाप बिष्णुकुमारले संसार छाडेको खबर न उनको परिवारले थाहा पायो नत कोही आफन्तले। अमेरिकामा उनी एक्लो थिए। उनको सोधखोज गर्ने मान्छेसम्म पनि यहाँ कोही भएनन्। निधनपछि कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाइसकेका छन्।

यहाँका स्थानीय नेताले दिएको जानकारीलाई आधार मान्दा कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन्। अहिले उनको शवले आफन्त र आफ्नो देश खोजिरहेछ। जीवित हुँदासम्म अमेरिकी सपनाले बिष्णुलाई पनि दिनरात दौडाइरेको रहेछ।

बिष्णुकुमार वर्षौपहिले आएका रहेछन् अमेरिका। स्थानीय संघ, सस्थाको सहयोगमा उनले अमेरिकामा काम गर्ने कागजात बनाउन सकेको देखिन्छ। पछिल्ला दिनमा उनी प्राय अलपत्रजस्तै थिए। उनले कामपनि छाडिसकेका थिए भने जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका थिए। सायद उनी बिरक्क्तिएका थिए एक्लो भएर।

यही परिवेशमा परदेशी मुलुक पसेको २७ वर्षमाउनी संसारबाट विदा भए। उनलाई जान्नेहरु भन्दै छन्, उनको विवाह भएको थिएन्। परिवारका सदस्यमा उनकी भान्जी मात्रै छिन् जो अहिले सम्पर्कमा छिन्। भाई बिवाह गरेको केही वर्षमै बिते, भाइबुहारी अन्तै हिँडिन्। तीन सन्तानमध्ये कान्छी बहिनी पनि बिवाह गरेको केही वर्षमा अन्तै लागिन्। बिष्णुका बुवाआमा जीवित छन्, या छैनन् भान्जीलाई पनि थाहा छैन्।

२७ मार्चमा असंसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो। जस अनुसार उनी आगामी साता ७२ बर्षका पुग्दै थिए। उनको वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ। काठमाडाँै बाँसबारीका बासिन्दा भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् कुनै जानकारी भेटिँदैन्। अन्नपुर्णपोस्टबाट 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…