आइतबार थप एक जना डिस्चार्ज : नेपालमा निको हुनेको संख्या चार पुग्यो

काठमाण्डौ – सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना सङ्क्रमित पनि उपचारपछि निको भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उहाँ स्वस्थ्य भएर आजै डिस्चार्ज हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषलाई डिस्चार्जको तयारी भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमित चार जना उपचारपछि निको भएका छन् ।

अहिले सङ्क्रमित ३१ जनामध्ये टेकु अस्पतालमा एक जना, पाटन, भरतपुर र बाग्लुङमा दुई-दुई, सेती प्रादेशिक अस्पताल धनगढीमा ४, वीरगन्जमा चार र विराटनगरमा १३ जनाको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट गएको चैत ११ गते घर फर्किनुभएका उहाँलाई कैलालीमा क्वरेन्टीनमा बस्दा कोरोनाको संक्रमण भएको पाइएको थियो ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…