पाकिस्तानी नागरिक चन्द्रौटा बजारमा लुकेको अवस्थामा फेला, प्रहरीले क्वारेन्टिनमा राख्यो

कपिलवस्तु : शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टिनमा राखेको छ । विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेक जाँच गर्दा पाकिस्तानीको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला पारेको थियो ।

पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ । उनको र्‍यापिड टेस्ट गर्दा भने रिर्पोट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामडी भट्राईले बताए । उनको स्वाब परीक्षणको पनि तयारी गरिएको छ ।

पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा नेपाल भित्रिएका थिए । उनको भिसाको म्याद पनि आइतार (आज) सकिएको छ । उनीसँग रहेको भिसा र कागजपत्र चेकजाँच गर्दा वैध रहेको र उनको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । पाकिस्तानी नागरिक फेला परेपछि यस सम्बन्धमा भने पाकिस्तान राजदूतावासले विशेष चासो लिएको एक सरकारी अधिकारीले बताए ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…