कोरोना भाइरसबाट जोगिन रोल्पाली युवाले गरे खुट्टे धाराको आविस्कार

रोल्पा।  कोरोना भाइरसको जोखिम बढिरहेका बेला रोल्पाका एक युवकले खुट्टाको सहायताले खोल्न मिल्ने धाराको आविस्कार गरेका छन्। खुट्टाले खोल्न सकिन धारामा खुट्टाको सहायताले  नै साबुन प्रयोग गर्न सकिन्छ।

धारा रोल्पा नगर प्रमुख पूर्ण केसीले उद्घाटन सँगै रोल्पा जिल्ला अस्पताल रेउघालाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरणपछि रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले धेरै जोखिम क्षेत्रको रुपमा रहेको अस्पताललाई प्राथमिकता दिइ खुट्टाले खोल्ने धारा हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवाहरुको यस्तो रचनात्मक प्रयासले मानव जीवनमै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विभिन्न किसिमका बिरामीहरु आउने भएकाले रोल्पा अस्पतालमा धारा निर्माण गरिएको सत्प्रयास समूहका अभियन्ता काशीराम डाँगीले बताउनुभयो ।

धारा निर्माण अवधारणाकर्ता दानबहादुर घर्तीमगरले आफूलाई साथ र सहयोग भए यस्ता धेरै कुराको आविष्कार गर्न सकिने बताउनुभयो ।

रोल्पा नगरपालिका वडा नं. २ मा बस्दै आएका २१ वर्षीय दानबहादुर घर्तीमगरले उक्त धाराको विकास गर्नुभएको हो । कक्षा १२ मा अध्ययन गरिरहेका दानबहादुरले कोरोना भाइरस रोकथामका लागि पानीको धारा सुरक्षित हुनुपर्ने भन्दै उक्त योजना बनाएको बताउनुभयो ।

खुट्टाले खोल्ने धारा करिब २० हजारमा निर्माण हुन्छ । विद्युतविना सञ्चालन हुने धारा ग्रामीण भेगमा निकै भरपर्दो हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो ।

आफूहरुले नगरपालिकामा पनि उक्त धारा स्थापना गर्ने केसीको भनाइ छ । सत्प्रयास समूहको समन्वयमा निर्माण गरिएको धाराको सम्पूर्ण लागत मिलन ग्रील उद्योगका मिलन डाँगीले व्यहोर्नुभएको हो ।

युवाको प्रयासलाई सार्थक बनाउन र अहिलेको अवस्थामा धारा निकै उपयुक्त लागेर आफूले लगानी गरेको डाँगीले बताउनुभयो ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…