कतार सरकारी अधिकारी र नेपाली अगुवाद्वारा सनैया लकडाउन क्षेत्रको अवलोकन

दोहा। चीनको वुहानबाट सुरु भएर अहिले विश्वभर महामारीको रुपमा रहेको कोरोन भाइरस (कोभिड–१९) को कारण विगत एक महिना देखि लकडाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्मको अवस्थाका बारे जानकारी लिन पहिलो पटक कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरू, सुरक्षा निकायका प्रमुख र नेपाली प्रतिनिधिहरूले लकडाउन सनैया क्षेत्रको अवलोकन गरेका गरेका छन् ।

गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका महासचिव पदम गिरी उपाध्यक्ष कुमार खड्का तथा राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो. रमजान अलि मियाले उक्त क्षेत्रको अवलोकन गरेका थियो ।

अवलोकनको क्रममा लक डाउनमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्था, तलब, खानपीन लगायतका विषयमा सोधपुछ गरिएको एनसीसी कतारका महासचिव पदम गिरीले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित रहेको तथा खानाको अभाव हुनेहरूलाई कतार च्यारिटी मार्फत कतार सरकारले खाद्यान्न उपलब्ध गराइरहेको र उक्त क्षेत्रमा खरिद गरी खान चाहनेलाई खाद्यान्न स्टोर, रेमिटेन्स, सपिङ सेन्टर, हेल्थ सेन्टर लगायतको राम्रो व्यवस्था रहेको छ ।

उक्त स्थानका कम्पनीलाई आफ्ना कामदारहरुलाई तलब दिलाउनका लागि सरकारी तहबाटै विशेष पहल र लकडाउन क्षेत्र भित्रका मानिस सोही क्षेत्रमा सहज रुपमाआवत जावत गर्न पाएको जानकारी आफूले पाएको महासचिव गिरीले बताए ।

दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिस्चित गरी सरकारले बिस्तारै उक्त क्षेत्रलाइ खोल्ने तयारी समेत गरेको गिरीले बताए । करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त एरियामा करिब १३ हजार  टन भन्दा बढी फोहोर निकालिएको सुरक्षा अधिकारीहरुले अवलोकनको क्रममा जानकारी दिएका थिए ।

कतारमा भाइरस संक्रमितको संख्या ५ हजार ८ जना पुगेको छ । अहिलेसम्म ५१० जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने  ८ जनाले ज्यान गुमाएका छन  । अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।

 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…