जमातीको सम्पर्कमा आएका सप्तरीका एक जनाको आरडीटी पोजेटिभ

लहान-सप्तरीको सप्तकोसी नगरपालिका -१ फत्तेपुरका एकजना ७५ वर्षिय जेष्ठ नागरिकको (पुरुष) र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएको छ।

आरडीटी पोजेटिभ पुरुष उनको श्रीमती र छोरालाई शनिबार साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार ती पुरुषको श्रीमतीको आरडीटी नेगेटिभ आएपनी पीसीआर परीक्षणका लागि आइसोलेसनमा राखिएको छ।

उनको छोराको आरडीटी परीक्षण आइतबार गरिने यादवले बताए। पीसीआर परीक्षणको रिपोर्ट आएपछि सबै निश्चित हुने यादवले बताए।

आइतवार विहानै स्वाब संकलन गरी पीसीआर परीक्षणकागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताए।

सप्त्कोसी नगरपालिका – १ र ४ को मस्जिद आसपास बस्तीका ७४ जनाको आरडीटी परीक्षण गरिएको छ। जसमा ७३ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बसेका ११ भारतीय र एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका र उनिहरू बसेका स्थानमा आरडीटी परीक्षण सुरू गरिएको छ।

जमातीहरूको यात्रा विवरण सप्तकोसी नगरपालिकाको उक्त क्षेत्र समेत रहेकोले मस्जिद वरपर आरडीटी परीक्षण गरिएको यादवले बताए। सप्तरीमा यसअघि पनि दुई जना जमातीको आरडीटी रिपोर्ट पोजेटिभ आएको र पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…