सडकमा पैसा फाल्ने नन्द र भाउजूको रेपिड टेस्टमा देखियो ‘कोरोना पोजिटिभ’

जनकपुरधाम : कोरोना भाइरसको त्रासको बेला लुकीछिपी सडकमा जथाभावी पैसा फालेर भागेका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यो रिपोर्टको आधारमा कोभिड-१९ संक्रमण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको प्रजिअ निरौलाले अन्नपूर्णलाई बताए।

शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभावी फालेर यी महिला भागेका थिए। सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको थियो। घटना लगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गर्नुका साथै चारैतिर सेनिटाइज गरेको थियो।

स्थानीयले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटीभी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो। यसै क्रममा शनिबार दिउँसो दुवै पक्राउ परेका हुन्। पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का हुन्। दुवैजना नातामा नन्द र भाउजू रहेको प्रहरीले बताएको छ।

उनीहरुको गतिविधि शंकास्पद रहेको हुनाले पक्राउ गरेर जाँचका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रजिअ निरौलाले बताए। हाल दुवै महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने पीसीआर परीक्षण भइरहेको छ।

आज अर्का एक जनामा कोरोना पुष्टि 

शनिबार एकजनाका कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

शुक्रबार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये तीनजना डिस्चार्ज भएका छन् । २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार दुईजना कोरोना निको भएर डिस्चार्ज भएका हुन् भने माघमै एकजना निको भएर डिस्चार्ज भएका थिए ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…