उदयपुरमा थप ६ जना भारतीय नागरिक रहेको खुलासा

उदयपुर- सदरमुकाम नजिकै भुल्के मस्जिदमा ११ भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उदयपुरमा थप ६ जना भारतीय नागरिक रहेको खुलेको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित मुस्लिम बस्तीमा ६ जना भारतीय नागरिक पाहुना लागेर बस्दै आएको खुलेको हो।

नगरप्रमुख खगेन्द्र राईले शिवाईस्थित आफन्तको विहेमा आएकाहरु भारतीय नागरिक भएको पुष्टि गरे। चैत ८ गते बिहेमा आएका उनीहरु लकडाउन सुरु भएपछि आफन्तको मै बस्दै आएको उनले बताए। भुल्के मस्जिदमा भेटिएका संक्रमितहरुसँग भने उनीहरुको भेटघाट नै नभएको मेयर राईले बताए। उनले संक्रमितहरुसँग गाउँलेहरुले पनि भेट नगरेको पाइएका छन्।

संक्रमितहरु शिवाईमा चैत २७ गते आएको र २९ गतेसम्म ३ दिन बसेर भुल्के गएको मेयर राईको भनाई छ। ‘उनीहरु आएका हुन् तर, बसुन्जेल कसैसँग सम्पर्क नगरेको स्थानीयले बताएका छन्’ मेयर राईले भने ‘२७ गते आएका उनीहरु २९ गतेसम्म बस्दा आप्mनो छुट्टै भातभान्सा गरेको र कसैसँग भेटघाटसमेत नगरेको बुझिएको छ।’ नागरिक न्यूजबाट 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…