पूर्वमा लुकिछिपी भारतबाट छिर्नेहरु रोकिएनन, कोरोना संक्रमणको जोखिम रोकिएन

६ वैशाख, विराटनगर । लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका ६ जनालाई नियन्त्रणमा लिई मदरसामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरी पश्चिम कुशाहास्थित सप्तकोशी नदीबाट डुंगामार्फत नेपाल आउने क्रममा ११ जनामध्ये ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ ।

सीमा क्षेत्रमा कडाइ गर्दागर्दै पनि चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्ने क्रम राक्न नसकिएको सीमा क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

स्थानीय तहमा रहेका सुरक्षाकर्मीले मात्रै सिमानाको रेखदेख गर्न नसकेपछि कतिपय ठाउँमा स्वयंसेवकका रुपमा युवाहरु परिचालन गरिएको छ ।

मोरङको धनपालथान गाउँपालिकाले सिमानाबाट घुसपैठ हुनेलाई रोक्नका लागि ३० जना स्वयंसेवक युवा परिचालन गरेको छ । स्वयंसेवक युवाले लाठी लिएर सीमा क्षेत्रमा गल्ती गर्ने गरेका छन् ।

मुख्य नाकामा सुरक्षा चेक जाँचमा कडाइ गरिए पनि मकैबारी तथा खेतबाट समेत भारतमा रहेका नेपालीहरु प्रवेश गरेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी भारतको बिहार राज्य पुरै लकडाउन भए पनि त्यहाँबाट लुकिछिपी नेपाल आउनेलाई रोक्न गाह्रो भएको बताउँछन् ।

भारतबाट आउनेको तथ्यांक राख्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको भएपनि भारतबाट आएकाहरु लुक्ने गरेकाले फेला पार्न कठिन भएको धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले बताइन् । अनलाइनखबरबाट, फाइल तस्विर 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…