लकडाउनमा एयर हाेस्टेजकाे पीडा

  • सविन प्रियासन

म बोलि रहेकी थिए । उनले मेरो हात समाए । मेरो हातमा उनको हात परेपछि मेरो ओँठ बन्द भयो । उनले मुहार उज्यालो बनाउँदै ओँठ चलाए, ‘प्लेनमा काम गर्दा तिमीलाई सबै भन्दा अफ्ठ्यारो महसुस कतिबेला भएको थियो ?’ उनको प्रश्नले मेरो मुटुमा काँडा उम्रियो । एयर होस्टेसहरुलाई सबै भन्दा वाधा मनमा हजारौ पीडाहरु दबाएर हाँस्नु पर्दा हुन्छ । मलाई पनि भएको थियो ।

जतिबेला उत्सवसँगको सम्पर्क पूर्णरुपले टुटेको थियो, त्यतिबेला म यति धेरै पीडामा थिएँ कि कुरैगरि साध्य छैन । एयर होस्टेसहरुले मनभरि व्यथाका चाँगहरु सजाएर कर्म थलोमा मुस्कानको ललिपप बाँड्ने काम दिनहुँ गर्छन् । आँखामा आँशु सुकाएर यात्रीहरुलाई सकुशल गन्तव्यमा पुग्छौं भन्ने भरोसा दिनहुँ गराउँछन् । आफू विछोडमा तड्पिएको भएपनि मिलनका लागि गन्तव्यमा अगाडी बढेको यात्रीहरुलाई समयमा नै घर पुग्छौं भन्ने विश्वास एयर होस्टेसहरुले नै गराउनुपर्छ ।

यी र यस्तै दिनहरु मेरो लागि अन्त्यन्त कष्टकर बनेका थिएँ । ती दिनहरु सम्झदा पनि आजकाल मुटु चिसो बन्छ । एक–एक गर्दै मैले उत्सव सामु एयर होस्टेस बनेपछिका अनुभवहरु सुनाए । उनले कोरोना भाइरस फैलिएको समयमा कसरी आफ्नो काम ग¥यौ त भनेर सोधे । मैले पनि कोरोना भाइरसको संक्रमण फैलिएको समयमा हामीले अपनाएको सावधानी अनि खेलेको भूमिकाको विषयमा जानकारी गराउन थाले, ‘कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । अहिले पनि यसको असर केही देशमा बाँकी छ । जुन कुरा तिमीलाई पनि थाहा छ । यसबाट बच्नका लागि सबैले भूमिका निर्वाह गर्नु पर्ने भएकाले एयरलाइन्सको तर्फबाट हामीले पनि यसबाट बच्न र बचाउनका लागि सक्दो प्रयास ग¥यौ ।

नेपालमा कोरोना भाइरस दुई तरिकाले भित्रन सक्थ्यो, हवाई या स्थल मार्गबाट । मान्छेबाट मान्छेमा नै यो भाइरस सर्ने भएकाले यसको संक्रमण अन्य देशहरुमा सुरु हुनासाथ हामीलाई विज्ञहरुबाट यस विषयमा प्रशिक्षित गरिएको थियो । उनीहरुको प्रशिक्षणपछि हामीले कोरोनाको संक्रमण नहट्दासम्म काममा गएको समयमा उच्च शतर्कता अपनाएका थियौं । दिनहुँ माक्स, सेनिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने काम हामीले ग¥यौ । प्लेनमा यात्रा गर्ने यात्रुहरुलाई समेत यसबाट बच्ने र बचाउने उपाएको बारेमा दिनहुँ जानकारी दिन्थ्यौ । यसको संक्रमणबाट बच्नका लागि एकमहिना बढि आन्तरिक उडान बन्द गरिएको थियो ।

उडान बन्द भएपनि हामीलाई छु्ट्टि दिनु भन्दा अगाडी जतिबेला पनि एयरलाईन्सले बोलाउन सक्ने भएकाले मोबाइल अफ नगर्न निर्देशन दिइएको थियो । आफ्नो सेडूलको बिदा बाहेक अघिपछि पनि हामीलाई फोन आफ गर्ने छुट हुँदैँन ।’ म बोलि रहेकी थिएँ । यस्तैमा मेरो दिमागमा कोरोना संक्रमण कालमा उत्सवलाई डायरीमा लेखेको लेटरको याद आयो । उनलाई एकैछिनमा आउँछु है भनेर कोठातिर लागे ।

दराजबाट डायरी निकालेर उनको हातमा उक्त डायरी राखिदिए । डायरीमा मैले धेरै कुराहरु लेखेकी थिएँ । उनका नाममा दर्जनौ लेटरहरु थिएँ । उनले कोरोना कालमा लेखेको पत्र पढ्न थाले, ‘प्रिय उत्सव ! यतिबेला सिंगो विश्व कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । चीनबाट सुरु भएको यो भाइरसले विश्वका सबै जसो देशलाई आक्रान्त बनाएको छ ।

विश्वकै शक्तिशालि मानिएको अमेरिकामा यसको वितण्डा उग्र छ । लाखौ मानिसहरु बिरामी छन्, हजारौहजारको मृत्यु भैसकेको छ । यसले इटाली, फ्रान्स, जर्मन, जापानलगायतका अन्य ठूला र विकसित मुलुकहरुलाई समेत छाडेको छैन । हरेक देशमा मानिसहरु मर्नेक्रम बढ्दो छ ।

यो पत्र लेख्दासम्म हाम्रो नेपालमा केही मात्र कोरोनाबाट संक्रमित छन् । विदेशमा काम गरेर नेपाल फर्किएका केही व्यक्तिलाई यसले प्रभावमा पारेको छ । सरकारले समयमा नै लकडाउन गरेका कारण समाजमा यसको प्रभाव भयावह तरिकाले पर्न पाएको छैन । यसका लागि पनि वर्तमान केपी शर्मा ओलीको सरकार बधाईको पात्र छ ।

स्वास्थ्य क्षेत्रमा अव्वल मानिएका देशहरुमा यसबाट मर्ने मानिसहरु राख्ने ठाउँ नभएको अवस्था छ । यदि हाम्रो देशमा यो फैलने हो भने कुकुर मराई अवस्था आउने छ । त्यसका लागि पनि लकडाउन आवश्यक छ । म एयर होस्टेस भएकाले हवाई यात्रा सूचारु हुँदासम्म मेरो तर्फबाट यात्रीहरुलाई कोरोना संक्रमणबाट बच्ने उपाएका बारेमा खुलेर जानकारी दिने, सुझाब दिने कामहरु गर्दै आएकी थिएँ ।

यतिबेला हवाई यातायाता पनि बन्दछ । विशेष गरी मानिसबाट मानिसमा सर्ने भाइरस भएका कारण पनि सरकारले सबै क्षेत्र बन्द गरेको हो । तर पनि एयरलाईन्सहरुले परेको समयमा औषधी खरिद तथा बिदेशी नागरिकहरुलाई सम्बन्धित देशहरुमा पठाउँदा प्लेनको प्रयोग गर्दै आएको छ । यस्तो अवस्थामा हवाई सेवा प्रभावकारी हुन्छ । एयरलाईन्सहरुले पनि सरकारसँग समन्वय गरेर यस्तो अवस्थामा आफ्नो सेवाहरु दिँदै आएका छन् ।

यतिबेला हाम्रो मुलुक पनि कोरोनाको संक्रमणको सवालमा अत्यन्त जोखिमयुक्त छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्वलाई गाँजी रहेको समयमा अर्को छिमेकी मुलुक भारतमा पनि यसले क्रमशः प्रभाव जमाउँदैछ । भारतले पनि यतिबेला सिंगो मुलुकलाई लकडाउन गरेर नाका बन्द गरेको छ ।

नेपालले पनि नाका बन्द गरेका कारण अन्य देशबाट अब नेपालमा कोरोना फैलदैनकी भन्ने आसा गर्न सकिन्छ । यहाँका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिकदल, विभिन्न सामाजिक संघसंस्थाहरुले दिन रात नभनि कोरोना संक्रमणबाट बच्ने र बचाउने उपाएका लागि आफूलाई होमेका छन् ।

सिंगो मुलुक बन्द भएकाले खान समस्या नहोस् भनेर सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेको अवस्था छ । सरकारले अफ्ठ्यारोमा परेकाहरुलाई राहत बाँडिरहेको छ । घर जान हिँडेकाहरुलाई स्थानीय सरकारहरुले घरसम्म पु¥याउने वातावरण निर्माण गरेका छन् । विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनहरुमा कोरोनाको लक्षण देखिएकाहरुलाई अनि बिदेशबाट आएकाहरुलाई खान बस्न सहितको व्यवस्था गरिएको छ । अवस्था हेरेर निश्चित समय सामाजिक दुरी कायम गरेर बजारहरु खोल्ने काम भएको छ ।

बजारमा कालाबजारी नहोस् भनेर अनुगमन गर्ने कामहरु पनि भैरहेको छ । प्रिय, म यतिबेला घरमा नै सुरक्षित तरिकाले बसिरहेको छु । माक्स, सेनीटाइजर, ग्लोव्स प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने काम गरिरहेकी छु । यतिबेला तिमी कहाँ छौ ? के गरिरहेका छौ ? मलाई थाहा छैन । जहाँ बसेको भएपनि सुरक्षित तरिकाले बसेका हौला भन्ने याचना छ । कोरोनाले सानाठूला कसैलाई पनि नछाड्ने भएकाले सामाजिक दुरी कायम गरी यसबाट जोगिने कुरा नै महत्वपूर्ण हो ।

सबैको सावधानीले यसलाई फैलनबाट रोक्न सकिन्छ । तिमीसँग आजकाल फोनमा कुरा नगरेको पनि धेरै भैसकेको छ । तिमीलाई सम्झदा मनमा खेलेका कुराहरु डायरीमा यसैगरी लेख्छु । आजकाल तिम्रो यादले झनै सताइरहेको हुन्छ । अघिपछि अफीस जान्थे । एयर होस्टेस भएकाले प्लेनका यात्रीहरुलाई एयर होस्टेसले गर्नु पर्ने सेवाहरु प्रदान गर्दागर्दै दिन बित्थ्यो, घर आएपछि अर्को दिनको तयारी गर्थे । तर आजकाल हाम्रो अफीस पनि बन्द छ । घरमा बस्दाबस्दा अत्यास लागि सक्यो ।

साथीहरु अनि दिदीलाई एकछिन् फोन गर्यो, हालखबर सोध्यो, त्यसपछि तिमीलाई सामाजिक सञ्जालमा खोज्यो । यस्तै गरि दिनहरु बितिरहेका छन् । एकप्रकारले भन्ने हो भने आजकालको दैनिकी बनेका छन्, यी कुराहरु । तिमी आजकाल सामाजिक सञ्जालमा पनि आउँदैनौ, फोन बन्द छ । यति तिमीसँग बोल्न पाउँथे भने पनि मेरा दिनहरु सहज तरिकाले कट्थे होला ? त्यो पनि छैन । एक छाक खाएर दिन बिताउन सजिलै सकिन्छ होला तर मनको मान्छेसँग नबोलेर बस्न अति नै गाह्रो हुँदो रहेछ । एकप्रकारले भन्ने हो भने जिउँदो लास जस्तै बनिदोँ रहेछ ।

समयले हामीलाई धेरै टाढाको बनाएको छ । मलाई विश्वास छ, समयले छुटाएको साथलाई समयले नै एक बनाउने छ । म यही विश्वासको साथमा जेजसरी हुन्छ दिनहरु बिताई रहेकी छु । जहिले हाम्रो भेट होला, त्यतिबेला मैले गरेको अक्षरका खेतीहरुलाई तिमीले गोडमेल गर्नु । अन्तमा तिमीलाई फेरि पनि मनभरिको माया ।’

(प्रकाशउन्मूख उपन्यास एयर होस्टेसको एक अंश)

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…