कतारमा कोरोना भाइरस तिव्र रुपमा बढ्यो – एकैदिन ५ सय ६० जना संक्रमित, ४९ निको भए

दोहा।  पछिल्लो पटक कतारमा कोरोना भाइरसबा संक्रमण हुनेको संख्यामा तीव्र वृद्धि देखिएको छ। शुक्रबार कतार सार्वजनिक स्वास्थ्य मन्त्रालयद्वरा जारी गरिएको रिपोर्ट अनुसार कतारमा एकै दिन ५ सय ६० जना कोरोना भाइरसका संक्रमति पुष्टि भएका हुन्। मन्त्रालयले आज सार्वजनिक गरेको सुची अनुसार ४९ जना पूर्ण रुपमा निको भएका छन्।

कतारमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ६ सय ६३ पुगेको छ भने कुल ४ सय ६४ जना पूर्ण रुपमा निको भएका छन्।  संक्रमित मध्य ४ हजार १ सय ९३ जना उपचारत छन्।

कतार सार्वजनिक स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कुल १ हजार ९ सय ४७ जनामा कोरोना भाइरसको परिक्षण गरेको थियो। हालसम्म कुल ५८ हजार ३ सय २८ जनामा भाइरस परिक्षण गरिएको छ।

पछिल्लो पटक कोरोना संक्रमित भएका व्यक्तिहरु पुर्व संक्रमितहरुसंग सम्पर्कमा आएको पाइएको छ। संक्रमित हुनेमा स्थानीय कतारी नागरिकसहित आपर्वासी कामदारहरु पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको र आउने दिनमा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

आधिकारिक सूचना तथा जानकारी मात्र सम्प्रेषण गर्नुहुन नेपाली समुदायमा राजदूतावासकाे अनुराेध

पछिल्लो समय कतारमा लकडाउनमा परेका नेपालीहरुले फेक न्यूज साझा गर्न थालेपछि नेपाली दुतावास कतारले आफ्नो ध्यानकार्षण भएको बताएको छ। दुतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा त्यस्ता समाचारहरुको भर नपर्न सबै नेपालीलाइ आग्रह गरेको छ।

यस्तो छ नेपाली दुतावास दोहा कतारले नेपाली समुदायलाइ जारी गरेको अनुरोध 

“विभिन्न रोजगार, पेशा र व्यवसायमा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले कतारमा COVID-19 बाट सिर्जित परिस्थितिका सम्बन्धमा विभिन्न समूहमा सामाजिक संजालहरु (म्यासेन्जर, भाइबर, व्वाट्सएप) मार्फत आधिकारिक सूचना भन्दा फरक तरिकाले अनुमान र आंकलनका आधारमा विभिन्न प्रकारका सूचनाहरु आदान प्रदान गर्ने गरेको जानकारी हुन आएकोले राजदूतावासको ध्यानाकर्षण भएको छ ।

खासगरी लकडाउन क्षेत्रमा रहेका नेपालीहरुको संख्या र अवस्था, क्वारेन्टाइन र लकडाउनमा रहेका नेपालीहरुको संख्या र अवस्था, संक्रमित नेपालीको संख्या र अवस्थाका बारेमा अतिरञ्जितरुपमा संचार प्रवाह हुने गरेको बुझिएको छ। यसले कतारमा रहेको नेपाली समुदायमा आतंक सिर्जना हुने तथा मनोबल कमजो बनाउनुका साथै नेपालमा रहेका परिवार र आफन्तहरूमा पनि अनावश्यक त्रास फैलाउने अवस्था बन्न सक्छ ।

यो जटिल परिस्थितिमा सामाजिक संजालमा सक्रिय हुनु र एक आपसमा सही सूचनाको आदान प्रदान गर्नु सकारात्मक भएता पनि कोरोना भाइरस सम्बन्धी सामाजिक संजालमा अफवाह वा झुटा सूचना संचार गर्नु कतारको कानून विपरित हुने र यस्ता कार्यमा संलग्नहरुलाई कतार सरकारले कडा कारवाही गर्ने जनाएको व्यहोरा समेत पून अनुरोध छ । सामाजिक संजालको निगरानी कुनै न कुनै रुपमा निरन्तर भईरहने हुँदा संजालको प्रयोग गर्दा सचेतता अपनाउनु जरुरी हुन्छ ।

तसर्थ यी पक्षहरूमा सचेत रही कतार सरकार तथा यस राजदूतावासबाट जारी हुने आधिकारिक सूचना तथा जानकारी मात्र आदानप्रदान गर्नु गराउनुहुन सबैमा राजदूतावास हार्दिक अनुरोध गर्दछ।

पुनश्च: समय समयमा जारी भएका आधिकारिक सूचना तथा जानकारी अनुरूप सचेतता अपनाई आफू सुरक्षित रहनुहुन र अरुलाई पनि सुरक्षित रहन सहयोग पुर्‍याउन सबैमा हार्दिक अनुरोध छ।”

नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७/०१/०४ (16 April 2020)

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…