भारतको अमानवीय हर्कत : क्वारेन्टाइनमा बसेका नेपालीलाई मध्यरातमा ट्रकमा हालेर सीमामा छोडियो

मलंगवा : भारतीय सुरक्षाकर्मीले कोरोना भाइरसका कारणअप्ठ्यारोमा परेका नेपालीहरुलाई अमानवीय व्यवहार गरेको पाइको छ। भारतका विभिन्न क्वारेन्टाइनमा बसिरहेका १ सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर  सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन्। भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर बिहीबार राती छाडिदिएका छन् ।

सोनवर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिएका छन् ।

‘भारतका विभिन्न क्वारेन्टाइनमा केही दिनदेखि राखिएकालाई बीना जानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, प्रजिअ जिसीले भने, ‘अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखिएको छ।’ ‘उनीहरुमध्ये केहीलाई ज्वरो आएको छ। हामी सबैजनालाई उतै फर्काउन पहल गरिराखेका छौं,उनले भने,’भारतीय पक्षसँग कुराकानी हुँदैछ। ‘

१ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठ जानकारी दिएका छन् । अरु पनि कतै लुकेर कतै बसेको हुनसक्ने आशंका गरिएको छ। खोलामा छाडिएका उनीहरु बिहानै कौडेना गाउँपालिका ३ मा आएको वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए। आफ्ना वडामा आएपछि आफूले प्रहरीलाई खबरका गरेको उनले बताए।

प्रहरी आउँदा उनीहरु आ-आफ्नो घर जान पाएनन् । बिहानै लगभग ६५ देखि ६८ जना कौडेना बजारभन्दा पश्चिममा रहेको पेट्रोल पम्मसम्म आएको चौधरीले बताए । धेरै संख्यामा मानिस आएको देख्दा कहाँबाट आएको भनि सोधपुक्ष गर्दा आफूहरु भारतको क्वारेन्टाइनबाट आएको बताएका थिए। सबैजनालाई सुरक्षाकर्मीले घेरा हाली केही बेर रोकेका थिए । त्यसपछि फेरी उनीहरुलाई सीमा क्षेत्रतर्फ लगिएको छ।

यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट आएका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…