औषधि किनेर फर्किएका महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट

४ वैशाख, काठमाडौं । कलंकीमा औषधि बोकेकी महिलामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कुटपिट गरेको हो ।

हेल्थ पाटी नामक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा प्रहरी र तीन जना सर्वसाधारणबीच वादविवाद भएको देखिन्छ । तीमध्ये दुई जना महिलाले हातमा औषधिको पोको बोकेका छन् ।

प्रहरीले उनीहरुसँगै रहेका पुरुषलाई ‘म्यान क्याचिङ डिभाइस’मार्फत पक्राउ गर्न खोजेपछि महिलाले प्रतिवाद गर्न खोजेको देखिन्छ । पुरुषले पनि केही बोलेको जस्तो देखिन्छ । तर, आवाज प्रस्ट बुझिँदैन ।

त्यसक्रममा प्रहरीले लाठी चार्ज गरेको भिडियोमा देखिएको छ ।

नगर प्रहरीका प्रमुख डीएसपी पवन भट्टराईले घटनाबारे आफूले पनि जानकारी पाएको बताउँदै लाठी चार्ज गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा जानकारी लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।

काठमाडौं प्रहरीका एक अधिकृतले भने औषधि लिने महिलासँगै गएका अन्य दुई जना नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग उल्टै विवाद गरेपछि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको दाबी गरेका छन् । यद्यपि, औषधि लिएका सर्वसाधारणमाथि लाठी बर्साएको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश व्यक्त भइरहेको छ ।

बुधबार राति पनि महाराजगञ्जमा लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ । साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…