कतार एयरबाट आएका युवक एक महिना पछि क्‍वारेन्टाइनमा, वडाअध्यक्षले नै घरमा लुकाएर राखे

(रौतहट) — कतारबाट आएर घरमै लुकेर बसेको अवस्थामा बिहिबार चन्द्रपुर नगरपालिका १ स्थित वाग्मतीका एक युवकलाइ प्रहरीसहितको चिकित्सक टोलीले क्‍वारेन्टाइनमा ल्याएको छ ।

उनी चढेको एयरबेजका केही नेपालीमा कारोनाको संक्रमण देखिएको थियो । उनको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमीको क्‍वारेन्टाइन ल्याइएको हो । ती युवकलाई वडाअध्यक्ष समेत रहेका आफ्नै दाजुले घरमा लुकाएर राखेको प्रहरीले जनाएको छ ।

कतार एयबेजको फ्लाइट क्यूआर ६४४ बाट गत चैत ४ मा नेपाल आएका ती युवक एक महिना देखि घरमै लुकेर बसेका थिए । उक्त फ्लाइटबाट आएकाको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले युवक बारे थाहा पाएको हो ।

उनको सुटुक्क परीक्षण गर्न वडाअध्यक्ष दाजुले चन्द्रपुरबाट चिकित्सक लैजान लागेका थिए । यसको जानकारी इलाका प्रहरी चन्द्रनिगाहपुरले थाहा पाए पछि चिकित्सक र प्रहरीको टोली सांझ घरै पुगेर र्‍यापिड टेष्ट गरेको थियो । टेष्टमा नेगेटिभ आए पनि उनलाई क्‍वारेन्टाइनमा ल्याएका हुन् । उनको युवकको स्वाब गरिने जनाएका छन् ।

जनप्रतिनिधिले नै घरमा लुकाएर राखेको भन्दै वडाअध्यक्षको आलोचना भएको छ । ईलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले जनप्रतिनिधि आफैले सूचना दिनुपर्नेमा भाइलाई लुकाएर राखेको बताए । ‘अवस्था जस्तो सुकै भए पनि जनप्रतिनिधिको दायित्व बिर्सेर सबैलाई झुक्याउने काम गरे,’ उनले भने ।

कतार एयरबेजमै आएका रौतहटको साबिक रंगपुरका अर्का युवकको पनि प्रहरीले खोजी गरिरहेको छ । रोजगारीका कतार गएका उनीहरु त्यहाबाट घर आएर लुकेर बसे पनि प्रहरीले खोजतलासका लागि पत्राचार समेत गरेको थियो । साभार :कान्तिपुरबाट 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…