कतारमा कोरोना : फिफा वर्ल्ड कपको तयारीमा जुटेका पाँच कर्मचारीमा कोरोना पोजेटिभ

काठमाडौं । कोरोनाभाइरस (कोविड – १९) को असर अब कतार फुटबल विश्वकपमा पनी परेको छ छ। सन २०२२ मा आयोजना हुने यस प्रतियोगिताको तयारीमा संलग्न ५ जना कर्मचारीमा कोरोना टेस्ट पोजेटिभ रहेको पाइएको छ। यि सबै कर्मचारीहरू तीन फरक स्टेडियममा कार्यरत रहेका छन्। विश्वकप संग सम्बन्धित कोरोनाको यो पहिलो केस हो ।

कतार विश्व कप व्यवस्थापनका अनुसार अल–थुमामा स्टेडियममा सर्वोच्च समितिको ठेकेदारका रूपमा कार्यरत कर्मचारीका दुई सदस्य कोरोनाबाट संक्रमित भेटिएका छन। ति बाहेक अन्य तीन कामदारहरू मध्ये एक अल–रायन स्टेडियममा र दुई अल–बैत स्टेडियममा कार्यरत कर्मचारी हरु रहेका छन ।

कतारले फिफा वर्ल्ड कपका लागि ७ नयाँ स्टेडियमहरू निर्माण गरिदैछ। ति मध्ये एउटा स्टेडियम तयार भैसकेको छ, जुन आधिकारिक रूपमा खुला पनी गरिएको छ ।

मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भए

मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ ।

राजदूत पाण्डेले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गर्नुभयो ।

मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उहाँले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएको सन्दर्भमा उहाँले सबै श्रमिकलाई यो बेला धैर्य गरेर बस्न अग्रह गर्नुभयो ।

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन राजदूत पाण्डेले आग्रह गर्नुभयो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…