कतारले नेपाली कामदारलाई अन्यायपूर्ण तरिकाले देश निकाला गरेको एमनेस्टीको ठहर

३ वैशाख, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले कतार सरकारले दर्जनौं आप्रवासी कामदारलाई स्वेच्छाचारी र अन्यायपूर्ण तरिकाले देशनिकाला (डिपोर्ट) गरेको निश्कर्ष निकालेको छ । कामदारलाई परीक्षणका लागि जम्मा गरेर विभिन्न आरोप लगाएर देश निकाला गरिएको एमनेस्टीको अध्ययनले देखाएको छ ।

कतारी पुलिसले अधिकांश कामदारलाई कोरोनाको परीक्षणको लागि भनेर लिएर गएको थियो । उनीहरुलाई परीक्षणपछि आवासमा फर्काउने भनिएपनि हिरासतमा थुनेर राखिएको थियो ।

एमनेस्टीले डिपोर्ट भएका २० जना नेपाली कामदारसँग कुराकानी गरेको थियो । उनीहरुलाई कतारी प्रहरी र अधिकारीहरुले आफूलाई किन डिपोर्ट गरिएको भनेर कुनै जानकारी नदिइएको बताएका छन् ।

एमनेस्टी इन्टरनेशनलका ग्लोबल मामिला उपनिर्देशक स्टिभ ककर्बानले ती कामदारलाई किन नियन्त्रणमा लिएर किन नजरबन्दमा राखियो भन्नेबारे थाहा हुन नसकेको बताए । उनीहरुलाई केही दिनसम्म अमानवीय तरिकाले हिरासतमा राखेर आफ्नो समान ल्याउन पनि नदिई विमान राखेर डिपोर्ट गरेको पाइएको छ ।

‘यो निकै दुखको कुरा हो कि कतारी अधिकारीले प्रवासी श्रमिकलाई महामारीको बहाना बनाएर दुःख दिएका छन्,’ उनले भनेका छन् ।

एमनेस्टीले यस्तो अमानवीय हर्कत गरेको कतारले यसमा पुर्नविचार गर्नुपर्ने उल्लख गरेको छ । उनीहरुले फर्किन चाहे अनुमति दिनुपर्ने र रोजगारदाताबाट उनीहरुले पाउन बाँकी सेवा सुविधा र पारिश्रमिक पनि दिलाइनुपर्ने भनाइ संस्थाको छ ।

मार्च १२ र १३ तारिकमा औद्योगिक क्षेत्र बरवा सिटी र दोहाका विभिन्न क्षेत्रमा प्रहरीले घेरा हालेर थुप्रै कादारलाई नियन्त्रणमा लिएको थियो । ती कामदारलाई कतै उजुरी गर्न पनि नदिई डिपोर्ट गरिएकोमा एमनेस्टीले आपत्ति जनाएको छ ।

एमनेस्टीका अनुसार किनमेलका गएका कामदारलाई त्यसरी नियन्त्रणमा लिइएको थियो । प्रहरीले अरवी भाषामा मात्रै कुरा गरेको र ‘कोरोना’ भनेको मात्रै बुझेको उनीहरुले बताएका छन् ।

एक कामदारले भनेका छन्,’हामीलाई भाइरसको जाँच गर्नका लागि भनियो, पुलिसले भन्यो कि डाक्टर आउँछन्, तर उनीहरुले हामीसँग झुट बोले ।’

प्रहरीले उनीहरुको फोन र कागजात जफत गरेर फोटो खिचेर कागजमा औठाछाप गर्न लगाएका थिए । उनीहरुलाई भीडभाडयुक्त कारागारमा अमानवीय तरिकाले राखिएको थियो ।

खाना पनि फोहोर फाल्ने प्लाष्टिकमा दिएको गुनासो डिपोर्ट भएका कामदारले गरेका छन् । एमनेस्टीले अन्तरवार्ता लिएका २० मध्ये ३ जना कामदारको मात्रै शरीरको तापक्रम नापिएको थियो ।

हिरासतबाट एयरपोर्ट लग्दासम्म धेरै कामदारलाई आफू डिपोर्टमा परेको जानकारी पाएका थिएनन् । केहीलाई सीधै एयरपोर्ट पुर्‍याइएको थियो भने कतिलाई प्रहरीले कोठाबाट समान निकाल्न थोरै मात्रै समय दिएको थियो ।

दुबै हातमा हातकडी लगाइएकाले समानको प्याकिङ पनि राम्रोसँग गर्न नपाएको उनीहरुले बताएका छन् । चैत २ र ६ गते डिपोर्ट गरिकाहरुलाई नेपाल ल्याएर छाडिएको थियो । कतारी प्रहरीले यो विषयमा कहीँ कतै बोलेमा फौजजारी अभियोग लगाउने धम्की दिएका थिए ।

अन्तरवार्तामा सहभागीमध्ये २ जना कामदारलाई मात्रै नेपाल फर्किएपछि कतारी कम्पनीले बाँकी पारिश्रमिक दिने आश्वासन दिएका छन् । धेरै जसो भने पारिश्रमिकविहीन भएर नेपाल फर्किएको पाइएको छ ।

कतार सरकारले भने औद्योगिक क्षेत्रमा गैरकानूनी र अनैतिक गतिविधि गर्नेलाई देशनिकाला गरिएको दावी गरेको छ । प्रतिवन्धित तथा स्वास्थ्यलाई गम्भीर असर गर्ने खाद्यवस्तु उत्पादन र बेचविखनमा संलग्नहरुलाई फर्काइएको कतारले बताएको छ ।

तर, एमनेस्टीले अन्तरवार्ता लिएका २० मध्ये १८ जनाले आफू यस विषयमा जानकार नरहेको बताएका छन् । तर, दुई जनाले भने जेलमा अरबी बुझ्नेहरुबाट रक्सी किनबेचको आरोपमा थुनिएको जानकारी पाएको बताएका थिए ।

हिरासतमा लिइएका कामदारलाई गलत गर्नुको कारण खुलाउन र आरोपको प्रतिवाद गर्न अवसर पनि दिइनुपर्नेमा त्यसो नभएको एमनेस्टीले बताएको छ । संस्थाले विदेशमा रोजगारीका लागि भारी ऋण लिएर गएका कामदारहरु अहिले उच्च दरको ब्याज र सावाँ तिर्न नसक्ने अवस्थामा रहेको बताएको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…