राहत बाड्न देउखुरीबाट सांसद मेटमणी चाैधरी विजाैरीमा

घोराही।  दाङ निर्वाच क्षेत्र नं १ बाट निर्बाचित सांसद मेटमणी चाैधरी निर्वाचन क्षेत्र २ मा राहत बितरणका लागि पुग्नु भएकाे छ । उहाँले तुलसीपुर १६, १७ र १९ वडाका विपन्न परिवारलाई राहत प्रदान गर्नुभएकाे हाे । १९ वडाका सुँगुर खाेला, स्यालापानी लगायतका विकट बस्तीका विपन्न परिवारलाई खाद्यान्न प्रदान गर्नुभएकाे छ । प्रत्यक परिवारलाई एक वाेरा चाम, नुन र तेल प्रदान गरिएको उहाँले जानकारी दिनुभयाे ।

श्री असहाय बाल विकास नेपालका अध्यक्ष समेत रहनुभएका चाैधरीले आगामी दिनमा विपन्न पहिचान गरेर वास्तविक खाद्यान्न संकट परेका पाँच सय घरपरिवारलाई राहत प्रदान गरिने जानकारी दिनुभयाे ।

राहत हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीले विपन्नलाई व्यक्तिगतरुपमा राहत संकलन र वितरण गर्न निकै सकारात्मक भएकाे बताउनुभयाे । उहाँले चाैधरीले विगतदेखि असहाय बालबालिकाकाे पालनपोषण र शिक्षा स्वास्थकाे जिम्मा लिएकाे उल्लेख गर्दै समाजमा रहेका यस्ता सामाजिक व्यक्तित्वहरुकाे उचित सम्मान हुनु पर्ने आवस्यकता औंल्याउनुभयाे ।

राहत वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का, जिल्ला कार्यालय सदस्य सुरामणी वेल्वासे, उद्याेग विभाग प्रमुख गेहेन्द्र बस्नेत, विजाैरी उद्याेग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ याेगीलगातकाे उपस्थित रहेकाे थियाे ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…