क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिलाई दैनिक ५१० रुपैयाँ

पोखरा।  कोरोना भाइरस आशंका र रोकथामका लागि क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिलाई गण्डकी प्रदेश सरकारले दिनको ५ सय १० रुपैयाँ खर्च गर्ने भएको छ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए। ‘बस्ने ठाउँको व्यवस्था स्थानीय तहले पनि गरेको छ, प्रदेश सरकारले पनि गरेको छ’, उनले भने।

प्रदेश सरकारले कोरोना रोकथामका लागि सुरक्षा सामग्री खरिद गर्न सुरक्षा निकायलाई ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रिपरिषद्को बैठकले तीनवटा सुरक्षा निकायका लागि त्यतिका रकम विनियोजन गरेको मन्त्री रामशरण बस्नेतले बताए।

उक्त रकम सेनाको पश्चिम पृतना, नेपाल प्रहरीको प्रदेश कार्यालय र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई १५÷१५ लाख रुपैयाँका दरले उपलब्ध गराइने मन्त्री बस्नेतले सुनाए। ‘स्वास्थ्य सामग्री र अन्य उपकरण खरिद गर्नका निम्ति ४५ लाख रुपैयाँ विनियोजन भएको छ,’ उनले भने।

डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक एवं अन्य कर्मचारीका निम्ति दिनको बढीमा २२ सय ५० रुपैयाँ दरले खर्च गर्न सीमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यो रकम खाने, बस्ने र खाजाका लागि हो।

लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउने काम अगाडि बढाउने अर्काे निर्णय प्रदेश सरकारले गरेको छ। यो अस्पताललाई प्रदेशले कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल बनाउने निर्णयसअघि नै गरेको थियो।

अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना उपचारका लागि आइसोलेसन वार्ड बनाइएको छ। लेखनाथ सामुदायिकलाई प्रदेशको नमुना अस्पताल बनाउन मर्मतसम्भारलगायत काम गर्ने निर्णय भएको मन्त्री बस्नेतले बताए।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…