युएईमा अलपत्र नेपालीको व्यथा : सरकार सडकमा सुतिरहेका छौँ, हामीलाई घर फर्काऊ

म कलिम मियाँ । हाल युएईको शारजाहबाट,

जनवरी ५, २०२० । म दुई सन्तान र श्रीमतीलाई छाडेर गोरखाको लक्ष्मीबजारबाट करीब ५ बजे बिहान काठमाडौँका लागि निस्किएँ । चितवन–पोखरा बसपार्कमा बस्ने बादसाह खान उर्फ सत्तार खानले देखाएको महिनाको डेढ लाख कमाउने सपनालाई बिपना बनाउन थियो ।

मन भारी थियो तर कठोर पनि बन्न पर्ने थियो । कतारको मेरो दस वर्षको पुरानो भोगाइ हुँदाहुदै फेरि म किन आत्तिएको छु भनेर आफूलाई सम्हाल्थे । सत्तार खानले सपनामा देखाएको महिनाको डेढ लाख, परिवारलाई पनि घुमाउन पाउने, ४ कोठाको घर बनाउन सक्ने सपना सम्झेर मन दह्रो बनाउँथे ।

होस्, घरै फर्कन्छु भन्ने पनि मनमा आउँथ्यो, तर फेरि सोच्थे – यो तेस्रो पटक साइत गरेर निस्केको छु, फर्किए भने समाजले के भन्ला ? दुःख पनि कम्ता दिए मेन पावरले । एकपटक २२ नोभेम्बर, २०१९ मा टिकट भयो तपाईको अभिमुखिकरणको तालिम लिएर श्रम गरेर हिँड्ने भनेर काठमाडौं बोलाए । साइत गरेर आएँ तर काम बनेन । पाँच हजार आउँदा जाँदा र एकरात बस्दा खर्च पनि भयो । दोस्रो पटक पनि त्यसरी नै बोलाइयो ओसो रिक्र्युमेन्टका विकास रानाले भन्नुभयो, ‘तपाईको फेरि मेडिकल गर्न पर्ने भयो अब यसपटक चाहिँ चाँडै हुन्छ ।’ फेरि मेडिकल गरेर सात हजार खर्च गरेँ ।

म्यानपावरले ईमिरेन्ट्स क्याब एलएलसीमा (ट्याक्सी ड्राईभर) तलब पन्ध्रसय दिराम र खान बस्न छ भनेको थियो । तलब र कमिसन गर्दा तीन हजार पाँचसय दिराम अर्थात् नेपाली १ लाखभन्दा माथि कमाइ हुने भनेपछि हामी खुशी थियौँ । दुबई जान पैतालिस सय दिराम र थप दुई हजार दिराम त्यहाँ गएपछि काटिने भनेर कागजमा हामीलाई ओसो म्यानपावरले साइन गर्न लगायो । नत्र जागिर नलाग्ने कुरा बताएपछि केही पाउन केही गुमाउन पर्छ भन्ने लाग्यो। । तेस्रो पटक अन्तरवार्तामा पास भएँ । लगतै मेडिकल गरेर गोरखा फर्किएँ ।

घर फर्किएको २ दिनमा फोन आयो । सत्तारका छोरा आसिक खानले खर्च ३ लाख ५० हजार लाग्ने बताएपछि म खत्रकै परेँ । मानिसको मन हो फेरि लोभ पनि लाग्यो । परिवारसँग सल्लाह गरेर जति लागे पनि जाने निर्णयमा म पुगेँ । पैसा पनि ३ पटक गरेर पठाएँ । सबै प्रमाण मसँग सुरक्षित छन् ।

काठमाडौँ आएर मेनपावर गएँ । त्यो दिन हामी दुईजना रहेछौँ उड्न पर्ने, देबिन गहतराज र म कलिम मियाँ । टिकट पास्पोर्ट लिएँ र एयरपोर्ट हिडेँ ।

अठार हजार नेपाली रूपैयाँ लिएर घरबाट हिँडेको मैले त्यहाँसम्म आउदा लगभग चार हजार सकिसकेछु । लगभग तीन सय दिराम साटे । देबिन दाईसँग भित्र नै भेट भयो । दुवै जना युएई आइपुग्यौँ ।

यहाँ आउँदा बिहान करीब ५ बजेको थियो । कम्पनीको पिआरो इब्राहिम हामीलाई लिन विमानस्थलमा आएका रहेछन् । पिआरोको साथमा हामी कम्पनीको क्याम्पमा पुग्यौ । कम्पनीमा तकिया र एउटा फम दिने रहेछ घरबाट एउटा पातलो ओड्ने र सिलिपिङ ब्याग ल्याएकोले सजिलो भयो ।

हामी सोही दिन बिहान आठ बजे अफिस गयौँ । अफिसमा पासपोर्ट जम्मा गरेँ । दुबै जनालाई कम्पनीले । तिनसय पचास दिराम दियो । साथमा एड्भान्स सातसय दिराम पनि पायौँ ।

दुई महिनाभित्र लाइसेन्स, लोकेसन पास भएपछि कम्पनीले मलाई गाडी दियो । तर, काम गर्दै जाँदा कम्पनीको सबै विवरण थाहा भयो । कम्पनीले लो पर्सेन्टमा काम गर्न लगाउने रहेछ । ड्राइभरलाई तलब नदिने, दिए पनि बढीमा सातसय मात्रै तलब दिने रहेछ । नेपालमा म्यानपावरले गरेको एग्रिमेन्ट र आसिक खानले दिएको सपना सपनामा नै सिमित हुने देखियो ।

कम्पनीले गाडी दिएपछि कोठा र खाना आफैले जोहो गर्नु पर्ने भयो । कमाउन आएको मान्छे, उल्टो ऋण गरेर कोठा खोजेर बसियो । १५ दिन जति गाडी चलाएपछि थाहा भयो, कुनै पनि हालतमा काम गर्न नसकिने भैयो । बरु तीन लाख पचास हजार नेपालमा नै मजदुरी गरेर तिर्ने निधो गरेँ । यहाँ बसेर कोठाको भाडा र खाना गर्दा थप अरु ऋण लाग्ने डर भयो । हामी लेबर कोर्ट गएर काम गर्न सक्दैनौँ नेपाल जाने भनेर निबेदन ग¥यौँ ।

कम्पनीले केही वास्ता नै गरेन । त्यसपछि काम पनि छोड्यौँ । र, घर फर्कने तयारी गर्न थाल्यौँ । तर, यसैबीच कोरोनाभाइरसको महामारी सुरु भयो । घर फर्कने सपनामा एक्कासी ब्रेक लाग्यो ।

युएई आएको तीन महिना बढ़ी भैसक्यो, अहिले एउटा कोठामा १२ जना बसेका छौँ। कोरोनाको प्रकोप छ। खानेकुरा केही छैन, पन्द्रसय दिराम रूमको भाडा र बिजुली बत्तिको पैसा तिर्नुपर्छ। अब अहिले नेपाल सरकारले कहिले लकडाउन खोल्दिन्छ र नेपाल फर्कन पाउँछौँ भन्ने प्रतिक्षामा छौँ ।

भिडियो बनाइएर सामाजिक सञ्जालमा अपलोड पनि ग-यौँ । तर जति मद्दत आउन पर्ने त्यति केही पाएनौँ । अझ सम्बन्धित निकायका व्यक्तिबाट नै गैरजिम्मेवारपूर्ण तर्कले हामी झन् पिडामा धकेलिएका छौँ।

तासिलबाट भिसा क्यान्सिल भइसकेको छ । कयौँ दिन भोकै सुत्यौँ । घरभाडा छैन । अहिले हामी कहिले पार्कमा सुतिरहेका छौँ त कहिले बस स्टेसनमा । सरकारलाई आग्रह छ, हामीलाई नेपाल झिकाइयोस् चाँडै । बरु टिकटको पैसा र क्वारेन्टाइनको खर्च हामी आफै बेहोर्छौँ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…