बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकलाई एक छाक खाना निःशुल्क

तनहुँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले जिल्लाको पर्यटकीय नगरी बन्दीपुरबाट आफ्नो देश फर्किन नमानेका १२ पर्यटकलाई गाउँपालिकाले एक छाक निःशुल्क खानाको व्यवस्था गरेको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा पारी पर्यटकलाई गाउँपालिकाले होटल व्यवसायी, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर इकाईको समन्वयमा दिनमा एक छाक खाना निःशुल्क खुवाउने व्यवस्था मिलाएको हो।

बन्दीपुरमा रहेका १२ विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएको थियो। तर, कोरोनाको कारण देखाउॅदै उनीहरु बन्दीपुरमै बसिरहेका गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए। ‘२/३ महिना अघि देखिनै भ्रमणका साथै विभिन्न सीप सिक्नका लागि उनीहरु नेपाल आएका रहेछन,’ उनले भने, ‘लामो समयदेखि नेपालमै रहेको र लकडाउकनका कारण पैसाको अभाव हुन सक्ने हुँदा उनीहरुलाई खानाको व्यवस्था गरिएको हो।’

यस्तै, लामो समयदेखि नेपालमा रहेकाले उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले बास र खाना दुबैको निःशुल्क व्यवस्था मिलाउने पहल भइरहेको अध्यक्ष थापाले बताए।

गुन्द्रुकलगायत नेपाली खानाका परिकार बनाउन सिक्न आएका कोलाम्बिया र क्यानडाका २ जनालाई होटलले निःशुल्क बसोबास र खानाको व्यवस्था गरिसकेको गाउँपालिकाले जनाएको छ।

हाल बन्दीपुरमा फ्रान्सका ५, बेलायतका २, रसियाका २, चीनका एक, कोलाम्बियाका एक, क्यानडका एक जना गरी १२ पर्यटक छन्।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…