गरिएको र्‍यापिड टेष्ट गर्दा फेरी एकजना कोरोनामा पोजेटिभ देखियो

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । उनले भने, ‘टेकु अस्पतालले परीक्षणपश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’ कोरियाबाट फर्केर उनी होम क्वारेन्टाइनमै रहेका थिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…