कतारमा १ सय ९७ जना कोरोना भाइरसका संक्रमित फेरी थपिए, ३९ जना निको भए

कतारमा आज नयाँ १ सय ९७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। आज जारी गरिएको रिपोर्ट अनुसार ३९ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३४२८ पुगेको  छ ।

हालसम्म ३७३ जना निको भएर घर फर्किएका छन् भने ३ हजार ४८ जना उपचारत छन् । आज सम्म ५२ हजार ६ सय २२ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरसबाट हालसम्म कतारमा ७ जनाले ग्यान गुमाएका छन्  ।

थप नयाँ १ सय ९७ जना मध्य अधिकांश  संक्रमित व्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु पाईएका छन् ।

खाडी र मलेशियामा नेपाली अवस्था 

खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेकाे छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निकाे भएर काममा फिरेका छन् ।

यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ४९ पुगेको छ । ५ हजार ५५२ जना उपचार पछि निको भएका छन् भने, १६ हजार २५१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ११ र मलेसियामा १ जना गरी जम्मा ४९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे छ । जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पाँच जना निको भएर काममा फर्किएका छन् । अरु ३४ को अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय १० देशका १९ लाख ३९ हजार ४६३ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख २० हजार ८ सय ७९ जनाको ज्यान गएको छ भने चार लाख ५९ हजार ५२५ जना निको भएका छन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…