कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा कुल १६ पुग्यो

काठमाडाैँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाकाे रिपाेर्ट काेराेना पाेजेटिभ देखिएकाे स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।

मन्त्रालयका अनुसार अपार्टमेन्टमा बस्दै अाएका तीन जनामा काेराेना भाइरसकाे शंका भएसँगै थप पुष्टिका लागि साेमबार गते आरडीटी विधिबाट परीक्षण गर्दा २ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।

पाेजेटिभ देखिएकामध्ये एक ५८ वर्षिया पुरुष र अर्की ८१ वर्षिया महिला रहेकाे मन्त्रालयले जनाएकाे छ । पीसीआरबाट थप परिक्षण गर्दा समेत उनीहरूकाे पोजेटिभ रिपोर्ट देखिएको हाे ।

बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू यसअघि टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको मन्त्रालयले जनाएकाे छ । उनीहरूलाइ साेमबार नै पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे ।

मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको पनि जनाएकाे छ । त्यहाँ देखिए संक्रमितहरूसँग संलग्नहरूको ‘ट्रयासिङ’ गर्न पनि सुरू भएको जनाइएकाे छ ।

ललितपुरमा विदेशबाट आउनेहरुको र्‍यापिड किटबाट स्वास्थ्य परीक्षण

सोमबार ललितपुर महानगरपालिकाले विदेशबाट फर्केर आउनेहरुको र्‍यापिड किट परीक्षणबाट स्वास्थ्य जाँच गरेको छ । वडा नम्बर १२ र ४ मा विदेबाट आएकाहरुको करिब सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकाहरु सबैको कोरोना नेगेटिभ देखिएको स्वास्थ्यकर्मी देवी थापा गुरुङ्ले जानकारी दिइन् । उक्त परीक्षण ललितपुरको जावलाखेल र लगनखेलमा गरिएको थियो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…