कतारमा यो हप्तैभरी वर्षा हुने सम्भावन, कोरोना संक्रमितको संख्या ३१ सय काट्यो

कतारमा यो हप्ताभरि नै वर्षाको सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान विभागले बताएको छ। आज कतारको विभिन्न भागमा वर्षात भएको थियो। कोरोना भाइरसंग जुधिरहेको कतारमा वर्षात भएपछी सवारी चलाउँदा चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ । हालसालै आन्तरिक मन्त्रालय अन्तर्गतको जनसरोकार विभागले सवारी सुरक्षाको लागि आफ्नो समाजिक संजाल मार्फत दिएको सावधानी अपनाउन आग्रह गरेको छ।

क्युएन खबरले तयार परेका मन्त्रालयले समाजिक संजाल दिएका उपाएहरु 

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा एसी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

कोरोना भाइरस अपडेट 

कतारमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २ सय ३१ जना पुगेका छन्। भाइरसबाट संक्रमित भएका मध्य ३ सय ३४ जना पूर्णरुपमा निको भएका छन् भने ७ जनाले ज्यान गुमाएका छन्। कतारमा कुल ५० हजार ८ सय २८ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ।

नेपाली दुतावासको आग्रह 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…