रौतहटका संक्रमित युवा लकडाउनपछि भारतबाट पैदल आएर चोरबाटो नेपाल प्रवेश गरेका थिए

सोमबार स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि गरेका रौतहटका युवा लकडाउनपछि भारतबाट पैदलै नेपाल प्रवेश गरेको खुलेको छ । रौतहट प्रहरी स्रोतका अनुसार ईशनाथ नगरपालिकाका यी १९ वर्षी युवा लकडाउन भइसकेपछि चैत १६ गते चारजना साथीरुको समूहमा नेपाल फर्किएका थिए ।

संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए। अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ।

भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए। चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए। ट्रकले १६ गते बिहान मोतिहारी पुर्‍याएको थियो।

मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे नेपाल भारत सिमानामा अवस्थित आफ्नो गाउँ ईशनाथ नपाको मोतिपुर आइपुगेका थिए। चारैजनाले राति दश बजे नै चोर बाटोबाट नेपाल छिरेर आफ्नो घर पुगेका थिए।

स्थानीय जयनारायण साह कानुले भारतको दिल्लीबाट चारजना युवक घर आइपुगेको थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि चारै जनालाई १७ गते बिहानै ईशनाथ नगरपालिकाको माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। संक्रमित युवकसँगै बसमा आएका अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको इशनाथ नपाका स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन्।

गत चैत २८ मा स्वास्थ्यकर्मीको टोलीले ईशनाथ नपाको क्वारेन्टाइनमा रहेका २५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोका १ जनाको पोसिटिभ र अन्य सबैको निगेटिभ आएको खानको भनाइ छ। संक्रमित युवकमा अहिलेसम्म कोरोनाको लक्षण मानिने ज्वरो, खोकी, स्वास फेर्न गाह्रो हुने तथा घाँटी दुख्ने लगायत कुनै पनि समस्या नदेखिएको स्वास्थ्य संयोजक खानको भनाइ छ। संक्रमणको पुष्टि भएपछि युवकलाई आइसोलेसनमा राखिएको छ।

ईशनाथ नपाको क्वारेन्टाइनमा अहिले ३० जना रहेका छन्। जिल्लामा लकडाउनमा थप कडाइ गरिएको र सुरक्षा व्यवस्था पनि थप सुदृढ बनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जानकारी गराएका छन्। जिल्लाको सम्पूर्ण भागमा स्वास्थ्य सचेतनालाई अझ कडाइका साथ लागू गरिएको प्रजिअ घिमिरेको भनाइ छ।

जिल्लामा व्यापक सतर्कता अपनाइएको भए पनि ईशनाथमा भने व्यापक त्रासको माहोल रहेको स्थानीय जयनारायण साह कानुले बताए।

भर्खरै प्रकाशित

एक्सनमा देउवा सरकार : ‘स्मार्ट लाइसन्स टेन्डर गर्ने पदाधिकारीमाथि छानविन…

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज…

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…