भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा झ’डप, एक सशस्त्र प्रहरी जवान घा’इते

सिरहा । नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षा बलले रोक्ने क्रममा सोमबार सिरहा नगरपालिका-१९ सोहर्वास्थित नाकामा झ’डप भएको छ ।

झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने एक भारतीयलाई सशस्त्रले नि’यन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टर ७ नम्बर गणका प्रमुख एसपी प्रविण कँडेलका अनुसार साइकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेर घरतर्फ फर्काएका थिए ।

यादव फर्किएको केहीबेरमै महुलियाबाट १८–२० जनाको समूहमा आएका व्यक्तिहरुले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्र’हार भएको एसपी कँडेलले जानकारी दिए ।

ढुंगा प्र’हारबाट सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घा’इते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।

सुरक्षाकर्मीले भारत महुलियाका मोहनकुमार यादवलाई नि’यन्त्रणमा लिएका छन् । नि’यन्त्रणमा रहेका यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको एसपी कँडेलले जानकारी दिए ।

उनी राजेन्द्रकुमारका छोरा हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए । साभार :कान्तिपुर 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…