मस्जिदमा लुकेर बसेका थप ११ जना भारतीय नागरिक पक्राउ, सबैलाई क्वारेन्टाइनमा पठाईयो

इटहरी : सुनसरीको बर्जु गाउँपालिकामा फेरि ११ जना भारतीय नागरिक फेला परेका छन् । त्यहाँको मस्जिदमा भेटिएका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले इटहरी क्वारेन्टाइन पठाएको छ । प्रहरीले ११ भारतीय नागरिकसहित अर्का एक उराँव समुदायको व्यक्तिलाई इटहरी क्वारेन्टाइन ल्याएको हो ।

डेढ महिनाअघि नेपाल आएको बताउने ११ जना मुस्लिम समुदायका धार्मिक गुरुहरूलाई बर्जुको मस्जिदबाट प्रहरीले फेला पारेको हो ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । धरानमा उनीहरुको ज्वरो परीक्षण गर्नुका साथै स्वाब लिइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले बताए । डा. ऐरका अनुसार बेलुकासम्म उनीहरूको रिपोर्ट आइसक्छ ।

उनीहरुलाई प्रहरीले राती अबेर इटहरी उपमहानगरले बनाएको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइपुर्याएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् । यसअघि नै पनि सुनसरीको इटहरी, दुहबी र हरिनगरमा रहेका मस्जिदमा गरेर ३३ जना विदेशी रहेको पत्ता लागेको थियो । यसरी भेटिने कतिपय विदेशीहरु लकडाउनको समयमा सुनसरी छिरे पनि ढाँटेर केही महिनाअघि नै आएको भन्दै बस्ने गरेका छन् । अन्नपुर्णपोस्टबाट 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…