विदेशमा रहेका कुल ७०६ नेपालीमा कोरोना भाइरस संक्रमण, १४ को निधन

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ। संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई) मा १ नेपालीको निधन भएको हो।

अमेरिकामा ५ सय, बेलायतमा १ सय, बहराइनमा २५, यूएईमा २२, स्पेनमा १८, कुवेतमा ११, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, साउदी अरेबियामा ५ र जर्मनीमा ४ नेपाली संक्रमित छन्। जापान, मलेसिया, म्यान्मार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको संघका प्रवक्ता डीबी छेत्रीले बताए।

यूएईमा एक महिलाको निधन भएको छ भने दुई जना निको भएका छन््। साउदीमा तीन जना संक्रमितले स्वास्थ्यलाभ गरेका छन्। बेलायतमा स्वास्थ्यलाभ गरी एक जना घर फर्किएका छन्। ओमानका नेपाली अहिलेसम्म सुरक्षित छन्। अफ्रिकी र पश्चिम एसियाका अन्य देशमा कोरोनाबाट नेपाली प्रभावित भए÷नभएको सार्वजनिक भएको छैन।

संघले २४ घण्टे हटलाइन सेवा सुरु गरी विभिन्न देशबाट सूचना संकलन गरिरहेको छ। पश्चिम एसियाका देशमा समिति बनाएर त्यहाँका सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरी संघले कोरोनाविरुद्ध काम गरिरहेको छ। कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत तथा उद्धारको काम गरिरहेको प्रवक्ता छेत्रीले बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार अन्य देशका नागरिकको तुलनामा नेपालीमा कोरोना संक्रमण कम देखिएको छ। मन्त्रालयले आफ्ना नियोगबाट हरेक दिन विदेशमा कार्यरत नेपालीको अवस्थाबारे तथ्यांक लिइरहेको छ। कुवेतस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गरी कोरोना जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कोरोनाका कारण निधन भएका व्यक्तिको दाहसंस्कार उतै गर्ने तयारी भएको बताए। ‘यूएईबाट मात्रै सम्पर्कमा आएकाले स्थानीय प्रशासनमार्फत परिवारको अनुमति लिएर उतै दाहसंस्कार गर्ने योजना बनाएका छौं’, उनले भने।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत छन्। तीमध्ये ७५ प्रतिशतभन्दा बढी खाडी तथा मलेसियामा छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…