यूएईमा आवासीय भिसा सकिएकालाई निःशुल्क तीन महिना थपिदिने

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । त्यसैले पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् ।

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।

सङ्क्रमित सङ्ख्या : ३७ सय ३६ (११ जना नेपालीसहित । सङ्क्रमित दुई जना नेपाली श्रमिक निकाे भइसकेका छन् ।)

निको भएर घर फिरेकाहरु : ५ सय ८८ जना (दुई नेपालीसिहत) .

अस्पतालमा उपचाररत : ३१ सय २८ जना ।

मृतकको सँख्या : २० जना ।

एक नेपाली महिलामा मृत्युपछि उहाँकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । मृत्युकाे चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो । यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

दूतावासकाे सल्लाह

यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् ।

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोबाइल एपहरु प्रयाेग गर्नुहोस् ।

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।

भिसाकाे म्याद सकिएमा
यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई निःशुल्क तीन महिना थपिदिने भएको छ ।

– यूएई घुम्न जानुभएको थियो तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन पाउनुभएको छैन भने पनि भिसा थप गर्न पाउनुहुनेछ ।

– भिजिट या टुरिस्ट भिसामा यूएई गएकाले त्यहाँको कानुन अनुसार कुनै पनि टुर एण्ड ट्राभल एजेन्सीमार्फत भिसा थप गर्न सकिन्छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…