तीन जना कोरोना संक्रमित भेटिएको वीरगन्जको छपकैया क्षेत्र सिल गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु

वीरगन्ज — वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले यहाँको मस्जिदमा बसिरहेका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोभिड १९ देखिएको पुष्टि गरेपछि स्थानीय प्रशासनले उक्त क्षेत्रलाई सिल गरि संक्रमति व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी थालेको हो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम नेपाली सेनाको टोलीले थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयपछि उक्त क्षेत्र सिल गर्न सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । ‘छपकैया र वरिपरिका क्षेत्र सिल गरेका छौँ,’ बस्नेतले भने, ‘सम्पर्कमा आएकाहरुको टेस्ट पनि गरेका छौं ।’

वीरगन्जमा कोभिड १९ का ३ जना संक्रमित फेला परिसके पनि हालसम्म यहाँ कोभिड विशेष अस्पताल स्थापना भएको छैन । नारायणी अस्पतालका चिकित्सक र जिल्लाका राजनीतिक अगुवाले २ हप्ता अगाडि देखि नै कोभिड विशेष अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।

सुरक्षा समितिको आइतबारको बैठकले एक नीजि अस्पताल भाडामा लिएर कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रजिअ बस्नेतले बताए । जिल्लाका सरोकारवाला निकाय र केही नीजि अस्पतालका सञ्चालककै रोहवरमा छलफल अगाडि बढाइएको उनले बताए ।

उच्च जोखिममा रहेको सीमावर्ती सहरमा ३ जना संक्रमित फेला परेको झन्डै २४ घन्टा बित्नै लाग्दा पनि स्थानीय प्रशासनले अग्रसरता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफूले विगत १२ दिनदेखि नै कोरोना विशेष अस्पताल स्थापनाका लागि पहल गरे पनि सफल नभएको गुनासो गरे । ‘वीरगन्जमा ३ जना संक्रमित पुष्टि भइसक्यो,’ कान्तिपुरसँग मेयर सरावगीले भने, ‘यदि अरु ४/५ जना संक्रमित फेला परे नारायणी अस्पतालले हात झिक्ने अवस्था छ । केन्द्र र प्रदेश सरकारले हालसम्म पहल गरेका छैनन् ।’

मेयर सरावगीले केन्द्र सरकारलाई सम्पर्क गर्दा प्रदेशको जिम्मा हो भन्ने गरेको र प्रदेशलाई सम्पर्क गर्दा केन्द्रतिर इसारा गर्ने गरेको दुखेसो पोखे । ‘व्यवस्थापन गर्न मै तयार छु,’ उनले भने, ‘मलाई अधिकार त दिनुपर्‍यो नि !’

विपक्षी कांग्रेसका जिल्ला सचिव श्याम पटेल कोभिड १९ रोकथामको पूर्व तयारीमा स्थानीय प्रशासन गम्भीर नभएको आरोप लगाउँछन् । प्रदेश २ सरकारले जिल्ला विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ पठाएको थियो । उक्त रकमले कोभिड १९ को संक्रमण फैलिनबाट रोकथाम गरी विपद जोखिम न्युनीकरण र पूर्व तयारीका लागि आवश्यक सामाग्री, उपकरण लगायतका अत्यावश्यक व्यवस्थापन तथा उपचार प्रयोजनका लागि खर्च गर्ने निर्णय भएपनि हालसम्म उक्त रकम खर्च नभएको उनले बताए । कान्तिपुरबाट

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…